साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिया पसलको साधारण सभा

सभामा उपस्थित दर्शकहरुले भने कोही सेल्फी हानिरहेका थिए भने कोही मोबाइलको ग्यालरी फोटोहरु छानिरहेका थिए र मेटाउदै थिए।

Nepal Telecom ad

अमर अधिकारी :

दोधुरी डाँडाबाट मान्छेहरु तल दुइखोलीमा झरे अनि एकखोली तरे। जहाँ दुईखोलाको संगम छ र त्यहाँ एउटा कमसल खालको चिया पसल पनि छ। चिया पसलको छेउमा रहेको चउरमा टेन्टमा निला-राता प्लास्टिकका कुर्सीहरु मिलाएर राखिएका थिए। ध्वजा-पतंगाले झकिझकाउ सभास्थलको गेटमा स्वागतम् लेखिएको तुल पनि टाँगिएको थियो।

चिया पसल कतै कुनै पनि निकायमा न दर्ता थियो न त राजस्व कार्यालयबाट स्थायी लेखा नम्बर नै प्राप्त गरेको थियो। तर त्यहाँ साधारण सभा हुनेवाला थियो। कार्यक्रम बारे रंगीन शब्दहरु उल्लिखित व्यानर पनि टाँगिएको थियो र मञ्च भव्य किसिमले सजाइएको थियो।

साधारण सभालाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष भस्मासुर भँडारीले लामो मन्तव्य दिएका थिए भने त्यहाँ ताली तररर बज्दा टेन्ट बाहिर बसेका केही कुकुरहरुको ध्यानाकरषण भएको थियो र कान ठाडो पार्दै ती कुकुरहरुले टेन्टभित्र रहेका दर्शक दीर्घा अनि मञ्चमा आसिन अतिथिहरुतर्फ नजर लगाए। हड्डी खाने बेला भयो कि भनेर आश गरेका कुकुरहरुले गास पनि नपाउदा चुपचाप लागेर आफ्नै ठाउँमा गएर पुच्छर घुम्राएर बसे।

सभामा न लेखापरीक्षण प्रतिवेदन पारित भएको देखियो न त आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने निर्णय भयो। त्यस्तै न कार्य समिति गठन र पुनर्गठनका कुरा सुनिए न त अध्यक्षको प्रतिवेदन नै सुनियो। हवलदारको नेतृत्वमा तीनजना प्रहरीले कार्यक्रमको रखबारी गरिरहेका थिए।

चियापसलेको सभापतित्वमा भएको उक्त साधारण सभामा चिया पकाउने र गिलास माझ्नेको पनि गरिमामय उपस्थिति रहेको थियो। उनीहरुलाई गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथिबाट मायाको चिनो पनि प्रदान गरिएको थियो। सभामा उपस्थित दर्शकहरुले भने कोही सेल्फी हानिरहेका थिए भने कोही मोबाइलको ग्यालरी फोटोहरु छानिरहेका थिए र मेटाउदै थिए।

म्याद नाघेका चाउमिन खाएर सहभागीहरुको भोलिपल्ट भुँडी नै गडबडी भएको कुरा अपुष्टताका साथ बताइएको थियो।
(डाङडुङे खबर डटकम)

०००
खुंग्री, रोल्पा हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x