साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो साथी

म साेझाे मान्छे ढाँट्न जान्दिनँ साेझाे बाेल्न आउँदैन ऊ फेरि पनि भन्छ दाेहाेर्‍याएर भन्छ हाे, सत्य हाे मलाई नआउने भनेकै सत्य बाेल्न र काम गर्न हाे ।

Nepal Telecom ad

डा. छायादत्त न्याैपाने :

मेराे एक जना साथी छ
साथी अत्यन्त जाती छ
अभाव मेट्छु भन्छ उत्पादन गर्दैन
स्वाधीन छु भन्छ शिर उठाउँदैन
समताकाे गीत सुनाउँछ विभेद त्याग्दैन
राेजगारी दिन्छु भन्छ उद्योग खाेल्दैन
कृषिमा आत्मनिर्भर बनाउँछु भन्छ बाँझो खन्दैन
म सचेत नागरिक हुँ भन्छ देश चिन्दैन
आज मलाई सँगै हिँड भन्छ भाेलि चिन्दैन
म सेवक हुँ भन्छ स्वार्थ छाड्दैन
म त पौरखी हुँ भन्छ श्रम गर्दैन
इमानदार छु भन्छ कपट छाड्दैन
घर सजाउँछु भन्छ आँट गर्दैन
गर्छु भन्छ तर छिमेकी अनुमति दिँदैन
ऊ मलाई भन्छ हाकाहाकी भन्छ
म साेझाे मान्छे ढाँट्न जान्दिनँ
साेझाे बाेल्न आउँदैन
ऊ फेरि पनि भन्छ दाेहाेर्‍याएर भन्छ
हाे, सत्य हाे मलाई नआउने भनेकै
सत्य बाेल्न र काम गर्न हाे
अरू सबै आउँछ, आइरहन्छ
म मेरै सुरकाे मान्छे मैजस्ताे छु
हाे, साँच्चै हाे म छिमेकीबाहेक
घरपरिवार कसैलाई चिन्दिनँ
र त प्रत्येक भेटमा तिम्रो नाम साेध्छु
हाे, मेरो एक जना साथी छ
ऊ अत्यन्तै जाती छ !

०००
पर्वत, हाल : काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x