साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रेरणा हराएको छ

हिजो आज मेरो श्रृजना खै किन हो किन लोसे लोसे चालमा हिँड्दैछिन् । सायद प्रेरणाले वास्ता गर्न छोडेर होला । सधै आइरहने सपना पनि किन अल्छी गर्न थालिन् यदाकदा मात्रै झुलुक्क झुल्किन्छिन् ।

Nepal Telecom ad

अशोककुमार शिवा :

जब कुनै श्रृजना गर्न लागिन्छ त्यसबेला प्रेरणा चाहिन्छ । प्रेरणाले गरेको श्रृजना साच्चै राम्रो हुन्छ । तर जब प्रेरणा कै श्रोत जाम हुन्छ त्यहाँ न कुनै सपना हुन्छ न त कल्पना नै ।

सपना देख्न पनि सम्झना र कल्पनाको आवश्यकता पर्दछ । हिजोको सम्झना र भोलिको कल्पना नै मीठो सपना हुनसक्छ । अनि देखिएको सपना पुरा गर्न प्रेरणादायक श्रोत हुनुपर्दछ । मानिएको प्रेरणा जब सिग्रिएर सुरिलो हुन्छ तब श्रृजनाले बिश्राम नलिने त कुरै भएन ।

श्रृजना गर्ने सर्जक केवल सर्जक मात्रै हो सबै काम मेरै हो भनेर प्रेरणामा घमण्ड चड्न थालेपछि भने सर्जकको मन अमिलो नभई रहन सक्दैन । हुन त प्रेरणा आफ्नो सफलतामा मख्ख परेर दायावाया केही नहेरेको नदेखेको वा सर्जकलाई वास्ता नगरेको पनि हुनसक्छ । त्यस अर्थमा यो ठिकै नै होला ।

सधै सर्जकले प्रेरणालाई सम्मान र आदरभाव त देखाउनै पर्छ किनकी बिना प्रेरणा श्रृजना सम्भव छैन । त्यसो भन्दैमा सधै सर्जकले मात्रै सम्बोधन गरिरहनु पर्छ भन्ने त होइन होला नि ? यसो भनिरहँदा प्रेरणाको भावनामा ठेस चाहि नलागोस् है भन्ने कामना पनि गर्दछु । कामनाले कतिको काम गर्लिन हेरौ ।

कल्पना र परिकल्पनाको आवर्तन र परावर्तनले ठडिएको श्रृजनात्मक कृतिगृहको सजिसजावटमा पनि प्रेरणाको उपस्थिति आवश्यक हुन्छ । कहि न कहि कतै न कतै कसै न कसैको प्रेरकतत्वको मिश्रण श्रृजनामा हुनै पर्छ अनि मात्रै श्रृजना सार्थक हुन्छ । जहाँबाट श्रोत जुट्ने हो त्यहाँ नै खडेरी लागिदियो भने श्रृजना चैत वैशाखको सुख्खा झै नहुने त कुरै भएन ।

प्रेरणाको उत्प्रेरणा जागृत भै खुलेको द्वारबाट कल्पनाको प्रवेशसँगै सम्झना पनि साथमा भए त वा क्या गजबको श्रृजना हुन्छ त्यहाँ कुनै श्रृंगारको आवश्यकता नै पर्दैन । बरु बेरस रसहरू पनि रसाएर रसिलो हुनजान्छ । जहाँ रसिलो हुन्छ त्यो मलिलो पनि हुन्छ । जहाँ मलिलो हुन्छ त्यो उत्पादनशील हुन्छ । जहाँ उत्पादनशिलता हुन्छ निश्चय नै त्यहाँ धेरै उत्पादन हुन्छ ।

हिजो आज मेरो श्रृजना खै किन हो किन लोसे लोसे चालमा हिँड्दैछिन् । सायद प्रेरणाले वास्ता गर्न छोडेर होला । सधै आइरहने सपना पनि किन अल्छी गर्न थालिन् यदाकदा मात्रै झुलुक्क झुल्किन्छिन् । बरु एक्लै भएको बेला झक्झक्याउन कल्पना दौडेर आउॅछिन् । भएभरका यादहरू लिएर सम्झना दिलाउँछिन् ।

म भन्छु प्रेरणामा घमण्ड चडेको छ । प्रेरणा आफ्नो सफलतामा मख्ख छिन । अब उनलाई कसैको दर्कार छैन । उनी स्वयम् सक्षम भएकी छिन् । यो भनिरहॅदा उनले सुनिन भने के सोच्दिहुन् तर जे सोचे पनि मलाई लागेको चाहिँ त यही हो र न मेरो श्रृजना पातलिएकी छन् । बिन्तिभाउ मेरो यो छ कि जत्रोसुकै घमण्ड चडे पनि मेरो श्रृजनालाई मर्न नदिनु है । सधै सधै प्रेरक प्रेरणा बनिरहनु म श्रृजना अगाडि ल्याइरहने छु ।
धन्यवाद ।

०००
गल्कोपाखा, काठमाण्डौ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x