साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लागौँ हामी असल पथमा दुष्ट संसर्ग त्यागी !

नाता तोडौँ परहित पुगी बुध्दको बोल बोलौँ आफ्ना स्वार्थी तमतिमिरका तानका तार तोडौँ ! बन्दै अग्लो हिमशिखरझैँ बन्न छाडेर रागी लागौँ हामी असल पथमा दुष्ट संसर्ग त्यागी !!

Nepal Telecom ad

कलानिधि दाहाल :

आउन् जाउन् अगणित कतै दम्भका दाग धेर
हेरौँ भोगौँ द्रवित नबनी आँतमा आँतनेर !
आफैँ राम्रो पल पल बनौँ मार्ग छाडेर रागी
लागौँ हामी असल पथमा दुष्ट संसर्ग त्यागी !!

जन्मी बाँचे कति वयसँगै राग द्वेषी खराबी
आफैँ लाग्यौँ अझ पसलका प्यूँन ज्यादा सराबी !
स्वार्थी बन्ने गति अघि बढी ब्यूँझिएका खराबी
लागौँ हामी असल पथमा दुष्ट संसर्ग त्यागी !!

बच्चो सानो त्यस बखत नै स्वार्थका भार बोकी
आफ्नै जम्मै तनमन गुनी हातले माथ ठोकी !
बढ्दै जाँदा अतिसय तिनै लालसाको म रागी
लागौँ हामी असल पथमा दुष्ट संसर्ग त्यागी !!

आमा बा यी प्रथम घर हुन् साथ दुष्कर्मकार
सीमा कोर्ने सबल बलले पार्न यो चाटुकार !
पैसा पैसा धनमनभरी देह पारेर रागी
लागौँ हामी असल पथमा दुष्ट संसर्ग त्यागी !!

लाई राम्रो तन बन सधैँ बन्न ज्यादा सिकाए
खोजीमेली पहिरन नयाँ भिर्नलाई फकाए!
त्यो बानीले सहज मन यो बन्न लागेछ रागी
लागौँ हामी असल पथमा दुष्ट संसर्ग त्यागी !!

थैय्या!थैय्या!!करकर लिई धेर माया जगाए
निस्वार्थीका तनतल तला स्वार्थ छाना सजाए !
स्नेही भाका सहज भरिने साफ पारेर रागी
लागौँ हामी असल पथमा दुष्ट संसर्ग त्यागी !!

अन्धागन्धा विगत गतका छापमा छाप लाई
हिँड्दै जाँदा विगलित भयौँ भौतिकी मोह पाई !
यात्रा हल्का सहज जगका पार लाएर रागी
लागौँ हामी असल पथमा दुष्ट संसर्ग त्यागी !!

पारी चौडा दिलतल तला दूरगामी म बन्दा
हट्छन् सारा नयनभरका देखिने घोर फन्दा !
फार्दै खार्दै कलुष मनका मोहका राग रागी
लागौँ हामी असल पथमा दुष्ट संसर्ग त्यागी !!

नाता तोडौँ परहित पुगी बुध्दको बोल बोलौँ
आफ्ना स्वार्थी तमतिमिरका तानका तार तोडौँ !
बन्दै अग्लो हिमशिखरझैँ बन्न छाडेर रागी
लागौँ हामी असल पथमा दुष्ट संसर्ग त्यागी !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
ब्वाँसाहरू !

ब्वाँसाहरू !

कलानिधि दाहाल
आत्मअठोट !!

आत्मअठोट !!

कलानिधि दाहाल
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x