सुरेशकुमार पाण्डेझोला
हाम्रो समाजमा विवेकहिन दाशहरू नेताको चाप्लुसी गर्नेहरूको जमात छ। त्यसैले सच्चा विवेकी पौरखी पनि बद्नाम भएका छन् । भनिन्छ नि गहुँसँग घुन पनि कहिलेकसो पिसिन्छन्।
सुरेशकुमार पाण्डे :
“म झोले हुँ ! हा हाहा . !”- ताराप्रसाद खित्का छाड्दै हाँस्यो।
“के भन्न खोज्नुभयो दाइले ?”- नविनले ताराप्रसादको कुरा बुझ्न खोज्यो।
“मेरो झोलाभित्र माग पत्र छ।”- ताराप्रसादले भन्यो। “केको मागपत्र छ ? “- गाउँमा खानेपनीको समस्या छ, स्कुलको भवन चुहेको छ, साहित्यक घर भत्केको छ, पँधेरामा कुवा सुकेपछि टाडा जानुपर्छ, त्यो बाटो पहिरो गएको छ। त्यसैका लागि मसँग मागपत्र छ। म सरकारको चौखटमा जाँदै छु।”- ताराप्रसादले आफ्नो झोलामा भएको दस्तावेज देखाउँदै भने।
“अनि हजुर कसरी झोले हुनुभयो त ? जब कि हजुर एउटा नेक कामले जाँदै हुनुहुन्छ।”- नविनले सोध्यो।
“मलाई सबैले झोले भन्छन्, त्यसैले मैले उनीहरूलाई सजिलो हेस् भनेर आफ्नो नाम नै झोले राखिदिएँ।”-ताराप्रसादले निराश हुँदै भने।
“हजुरको झोलामा गाउँलेका सपनाहरू छन् जसलाई सार्थक तुल्याउँने आँट गरेर हिंड्नु भएको छ। यो महान झोला बोक्दैमा हजुर झोले भनेर आफैलाई किन बद्नाम गर्नुहुन्छ। बरू जसले हजुरलाई झोले भन्छ हजुरले उसैलाई भन्नुहोस् आउ यो झोला तिमी पनि बोक।”- नविनले सम्झाउँन खोज्यो।
“खै भाइ मानिसले किन झोला र झोलेको परिभाषा छुट्याएर मूल्याङ्कन गर्न सक्दैनन् ?”- ताराप्रसादले नविनको आँखामा आँखा मिलाएर भने।
“हाम्रो समाजमा विवेकहिन दाशहरू नेताको चाप्लुसी गर्नेहरूको जमात छ। त्यसैले सच्चा विवेकी पौरखी पनि बद्नाम भएका छन् । भनिन्छ नि गहुँसँग घुन पनि कहिलेकसो पिसिन्छन् ।”- नविनले भने।
उताबाट एक हुल बालबालिकाहरू स्कुल जान झोला बोकेर आउँदै थिए।
“हेरौँ त यी झोलाहरूमा विध्याको पोको छ।”- नविनले र ताराप्रसादले एकचोकी भन्दै विद्यार्थीहरूलाई एकछिन नियाली रहे।
०००
घोराही- १८, दाङ
०३-०६-२०२५
Subscribe
Login
0 Comments
Oldest








































