साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आई लभ यू !

तेस्राे लिङ्गीकाे भ्रम र यथार्थकाे दिग्भ्रममा पाइला अगाडि बढाउँदै म लम्किरहेकाे थिएँ । सबैतिरबाट कर्तल ध्वनिका साथ तालिमा मेराे जय जय गान हलमा उडिरहेकाे थियाे ।

Nepal Telecom ad

प्रा.डा. विदुर चालिसे :

लिङ्ग एउटा थियाे । उसलाई तेस्राे लिङ्गी भनिन्थ्याे । जब रेलकाे केबिनमा म उक्लँन्थेँ । उसकाे भावपूर्ण निकटताले बतास उड्थ्याे । सुन्दरता, शालिनता, भद्रता र मायाका लजालु स्वरूप ओस्ताजका झैं मधुर वाणी र नागिन नृत्यका लहरहरू देखिन्थ्याे । मेराे कपाल फुलेकाे देखेर हाे वा झरिलाे अनुहार देखेर हाे । उसले एक सासमा अमिलाे अनुहारका साथ भन्याे ।

— “हजुर त मलाई खुब मन पर्छ !”
म जस्ताे पहिलाे लिङ्गीकाे नाक एकाएक सतहबाट सगरमाथा झै उठ्याे । उठेकाे नाक लिएर वरपर सबैतिर जब हेरेथेँ । यात्रा सफल हुने विश्वास जाग्दै गयाे । अग्लाे शिखरबाट जब बादलका लर्काहरू छेउछाउतिर उडिरहेका हुन्थे । सुसाए झैँ भाषामा भन्थे ।
— “अवसरकाे यात्रा हाम्रै हाे ।”

तेस्राे लिङ्गीकाे हाउभाउ, चन्चलता, मस्किलाे मुस्कान, चम्किलाे मृगनयनी हेराइ तथा फुसफुस उडेकाे सुगन्धकाे लयमा उसले म छेउ आएर भन्याे ।
— “हजुरकाे मलाई कस्ताे माया लाग्छ !”
— “कस्ताे माया ?”
— “मुटुभरिकाे नि !”

तेस्राे लिङ्गीकाे सुगन्धकाे आकर्षणमा मेराे अँगालाे झ्याप्पै उसकाे काँधमा पुग्याे । दुवैकाे आँखा एकआपसी हेराहेरमा माेहित भए । उसले मेराे गालामा एक चुप्पा हान्याे । मैले पनि त थाम्न सकिन । अर्काे दुई चुप्पा उसकाे निधारमा गरेँ । मेराे हात कसाेकसाे उसकाे छातीमा जब पुगेथ्याे । मेराे इमाेसनकाे चक्रबात एकाएक खत्र्याक खुत्रुक भएर सिथिल भयाे । मैले उसलाई आँखा तरेर साेधेँ ।
— “खै छाती त छैन ! कसरी चलाउनु जिन्दगी !”

तेस्राे लिङ्गीलाई अप्ठेराे पर्याे । सबै आफ्नाे भेद खाेल्न उसलाई निकै गार्हाे भयाे । अनकनाइ अनकनाई उसले सफाइ दियाे ।
— “खासमा म दाेस्राे लिङ्गी हुँ के बड्डा !”
मेराे नाै नाडी गलेर आयाे । आवेश, उत्तेजना र शक्तिले प्रफुल्लता फेरि प्रकट हुन थाल्याे । फेरि उसलाई आँखैआँखाले साेधेँ ।

— “दाेस्राे लिङ्गी भए खै त छातीकाे उचाई !”
तेस्राे लिङ्गीकाे नटखटले नयाँ दृश्य दियाे । उसले हतपत आफ्नाे छातिमाथि बिच्छ्याएर राखेकाे दुई पाेके बेलुन फुकेर पुष्ट बनायाे । मेराे हातमा उसकाे छातिकाे तरङ्ग परावर्तन भयाे । म उत्तेजनाले चिच्याउन थालेँ
— “क्रान्तिका मेरा सहयाेध्दाहरू !”

विस्मृत भावमा उज्यालाे देख्न थालेँ । वरपर मेरा अगाडि डान्सिङ लाइटहरू झिमझिम गरिरहेका थिए । निकै माेहक दृश्यकाे घेरामा मेरा आगामी यात्राकाे मताव, दिमागदेखि चड्किरहेकाे थियाे । तेस्राे लिङ्गीकाे भ्रम र यथार्थकाे दिग्भ्रममा पाइला अगाडि बढाउँदै म लम्किरहेकाे थिएँ । सबैतिरबाट कर्तल ध्वनिका साथ तालिमा मेराे जय जय गान हलमा उडिरहेकाे थियाे ।

— “आई लभ यू बा ! आई लभ यू बा !!”
जब लिङ्ग परिवर्तन गर्ने समय आउने गर्थ्याे । तब पहिलाे र दाेस्राे लिङ्गीहरू निकै हतास हुन्थे । तेस्राे लिङ्गीहरूकाे भिडमा चिच्याएर खुब रून्थेँ र भन्थेँ ।
— “म मात्रै हाे, शक्तिपीठ !”

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x