साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली नेताहरू चित्रगुप्तको इजलासमा

नेताहरूको जिज्ञासा शान्त नभएको उनले लख काटेछन् । फेरि भने– "तिमीहरूले देशमा भ्रष्टाचार यसरी बढाई दियौ; सरकारी अड्डामा पुगेका सोझा आस्तिकको कुरा छाड, चम्बु नास्तिक सेवाग्राहीले पनि पटकपटक 'हे राम !' भन्यो ।

Nepal Telecom ad

ईश्वर पोखरेल :

“निष्ठा बेचियो; इमानमा रहिएन; देश र समाजका लागि जे गर्न सकिन्थ्यो, त्यो पनि गरिएन । राजनीतिका नाममा पापैपाप मात्र गरियो; आखिर हामी जाने नर्क नै हो” भनेर नेपाली नेताहरू नर्कतर्फको लाइनमा थिए; चित्रगुप्तले स्वर्गतर्फको लाइनमा आउन संकेत गरे ।

नेपाली नेताहरूले पहिले त ‘चित्रगुप्त बुढा झुक्किए क्यार’ भन्ठानेर अलमल्ल थिए ।

चित्रगुप्तको निर्देश फेरि दोहोरियो ।

‘लौ, यो के अचम्म हो ? चित्रगुप्त बुढाले पनि हामीसँग हामीले थुपारेको रकमबाट हिस्सा खोजेको हो कि क्या हो ?’ नेपाली नेताहरूका बीचमा कानेखुसी चल्यो ।

चित्रगुप्तले साँच्चै स्वर्गकै लाइनमा बोलाएको हो भन्ने यकिन भएपछि एउटा नेपाली नेताले भन्यो– “देख्यौ; ठोरीको रामको कमाल !” अर्काले थप्यो– “मैले पनि त भैँसी पूजा गर्या’थें नि ।” अरुअरु पनि पुराण उद्घाटन गरेको; मन्दिरमा प्रसाद खाएको; जलहरी बनाएको आदि इत्यादि दाबी गर्दै थिए ।

दावी र प्रतिदावी हुँदाहुँदै हात हालाहाल नै होला जस्तो भई हाल्यो ।

चित्रगुप्तले स्पष्टीकरणमा थोरै बोल्न खोजेको देखियो ।

भने– “आश्चर्य नमान; स्वदेशी/विदेशीको पुन्य जोडिएकाले तिमीहरू सबैले स्वर्गको लाइनमा पाएका हौ ।”

चित्रगुप्तले नेपाली नेताहरूमाथि नजर दौडाए ।

नेताहरूको जिज्ञासा शान्त नभएको उनले लख काटेछन् । फेरि भने– “तिमीहरूले देशमा भ्रष्टाचार यसरी बढाई दियौ; सरकारी अड्डामा पुगेका सोझा आस्तिकको कुरा छाड, चम्बु नास्तिक सेवाग्राहीले पनि पटकपटक ‘हे राम !’ भन्यो । सेवाग्राहीले त्यतिबेला जतिपटक रामलाई सम्झियो; जतिपटक दिक्क मानेर ‘हे राम’ भन्यो; त्यो सबै पुन्य तिमीहरूको खातामा जोडियो ।”

“विदेशी त राम भन्नै जान्दैनन् त ?” कुनै एउटाले सोध्यो ।

चित्रगुप्तले भने– “लोकतन्त्रको जसरी तिमीहरूले हुर्मत लिएका छौ; नेपालको शासन व्यवस्थाको छनक पाएपछि लोकतान्त्रिक मूल्य मान्यता बुझेको कुन विदेशीले ‘ओ माई गड !’ भनेर टाउको ठोकेन होला र ! …उसले जति चोटि टाउको ठोक्यो, त्यो पनि तिमीहरूकै खातामा आयो ।”

चित्रगुप्तको भाषण गर्ने कलाबाट नेपाली नेताहरू पनि मुग्ध भए । यी बुढालाई पनि आउँदो चुनावमा पार्टीको तर्फबाट उम्मेदवारको टिकट दिनु पर्छ क्यार भनेर नेताहरू सोच्दै पो थिए; पालेले स्वर्गको ढोका खोली दिई हालेछ ।

अनि त के थियो र ! अप्सराको कोठीनेरको खाली जमिनमा अर्कैले गुन्टा बिसाउला भन्ने हतारोमा नेपाली नेताहरू भोकाएका बाख्रा खोरबाट निस्केकै ढाँचामा हुर्दुराउँदै भित्र पसे ।

०००

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
7 months ago

गज्जब छ त

Nepal Telecom ad
ओई मान्छे ! तँलाई सञ्चै छ ?

ओई मान्छे ! तँलाई...

ईश्वर पाेखरेल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
तालु

तालु

ईश्वर पाेखरेल
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x