साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली नेताहरू चित्रगुप्तको इजलासमा

नेताहरूको जिज्ञासा शान्त नभएको उनले लख काटेछन् । फेरि भने– "तिमीहरूले देशमा भ्रष्टाचार यसरी बढाई दियौ; सरकारी अड्डामा पुगेका सोझा आस्तिकको कुरा छाड, चम्बु नास्तिक सेवाग्राहीले पनि पटकपटक 'हे राम !' भन्यो ।

Nepal Telecom ad

ईश्वर पोखरेल :

“निष्ठा बेचियो; इमानमा रहिएन; देश र समाजका लागि जे गर्न सकिन्थ्यो, त्यो पनि गरिएन । राजनीतिका नाममा पापैपाप मात्र गरियो; आखिर हामी जाने नर्क नै हो” भनेर नेपाली नेताहरू नर्कतर्फको लाइनमा थिए; चित्रगुप्तले स्वर्गतर्फको लाइनमा आउन संकेत गरे ।

नेपाली नेताहरूले पहिले त ‘चित्रगुप्त बुढा झुक्किए क्यार’ भन्ठानेर अलमल्ल थिए ।

चित्रगुप्तको निर्देश फेरि दोहोरियो ।

‘लौ, यो के अचम्म हो ? चित्रगुप्त बुढाले पनि हामीसँग हामीले थुपारेको रकमबाट हिस्सा खोजेको हो कि क्या हो ?’ नेपाली नेताहरूका बीचमा कानेखुसी चल्यो ।

चित्रगुप्तले साँच्चै स्वर्गकै लाइनमा बोलाएको हो भन्ने यकिन भएपछि एउटा नेपाली नेताले भन्यो– “देख्यौ; ठोरीको रामको कमाल !” अर्काले थप्यो– “मैले पनि त भैँसी पूजा गर्या’थें नि ।” अरुअरु पनि पुराण उद्घाटन गरेको; मन्दिरमा प्रसाद खाएको; जलहरी बनाएको आदि इत्यादि दाबी गर्दै थिए ।

दावी र प्रतिदावी हुँदाहुँदै हात हालाहाल नै होला जस्तो भई हाल्यो ।

चित्रगुप्तले स्पष्टीकरणमा थोरै बोल्न खोजेको देखियो ।

भने– “आश्चर्य नमान; स्वदेशी/विदेशीको पुन्य जोडिएकाले तिमीहरू सबैले स्वर्गको लाइनमा पाएका हौ ।”

चित्रगुप्तले नेपाली नेताहरूमाथि नजर दौडाए ।

नेताहरूको जिज्ञासा शान्त नभएको उनले लख काटेछन् । फेरि भने– “तिमीहरूले देशमा भ्रष्टाचार यसरी बढाई दियौ; सरकारी अड्डामा पुगेका सोझा आस्तिकको कुरा छाड, चम्बु नास्तिक सेवाग्राहीले पनि पटकपटक ‘हे राम !’ भन्यो । सेवाग्राहीले त्यतिबेला जतिपटक रामलाई सम्झियो; जतिपटक दिक्क मानेर ‘हे राम’ भन्यो; त्यो सबै पुन्य तिमीहरूको खातामा जोडियो ।”

“विदेशी त राम भन्नै जान्दैनन् त ?” कुनै एउटाले सोध्यो ।

चित्रगुप्तले भने– “लोकतन्त्रको जसरी तिमीहरूले हुर्मत लिएका छौ; नेपालको शासन व्यवस्थाको छनक पाएपछि लोकतान्त्रिक मूल्य मान्यता बुझेको कुन विदेशीले ‘ओ माई गड !’ भनेर टाउको ठोकेन होला र ! …उसले जति चोटि टाउको ठोक्यो, त्यो पनि तिमीहरूकै खातामा आयो ।”

चित्रगुप्तको भाषण गर्ने कलाबाट नेपाली नेताहरू पनि मुग्ध भए । यी बुढालाई पनि आउँदो चुनावमा पार्टीको तर्फबाट उम्मेदवारको टिकट दिनु पर्छ क्यार भनेर नेताहरू सोच्दै पो थिए; पालेले स्वर्गको ढोका खोली दिई हालेछ ।

अनि त के थियो र ! अप्सराको कोठीनेरको खाली जमिनमा अर्कैले गुन्टा बिसाउला भन्ने हतारोमा नेपाली नेताहरू भोकाएका बाख्रा खोरबाट निस्केकै ढाँचामा हुर्दुराउँदै भित्र पसे ।

०००

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
8 months ago

गज्जब छ त

Nepal Telecom ad
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
ओई मान्छे ! तँलाई सञ्चै छ ?

ओई मान्छे ! तँलाई...

ईश्वर पाेखरेल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
तालु

तालु

ईश्वर पाेखरेल
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
अवैध कुखुराको चल्ला

अवैध कुखुराको चल्ला

सञ्जय साह मित्र
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
1
0
Would love your thoughts, please comment.x
()
x