साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्याल

कागभन्दा नि बाठो बुझ्छस् तैंले आफूलाई सधैं निम्ता दिइराछस् लात झापुलाई दमन शोषण भ्रष्टाचारको तँनै ठेकेदार बुझिराखेस् पर्नुपर्छ एकदिन लम्पसार ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

धन्य श्याल धन्य श्याल के छ तेरो हाल
तेरै हूलको कुकर्मले देश चैं भो बेहाल

सारा बस्ती रारा फेवा आँसु झरी झरी
एक गाँस खोज्नुपर्ने विदेशमा मरि
घुसखोर कामचोर निर्लज्ज छन जति
देउताभनी तैंलाई पुज्छन् कति राम्रो मति ।

विदेशका तेरा प्रभु बाघ चितुवा जस्ता
तेरा भाषण कति मधुर तातो झीर जस्ता
अपराधी लुकाइ बचाइ अपराधलाई साथ
यो संसारमा कोहि नहोला तँलाई दिने माथ ।

कानूनका ठेलीले नि देख्नेहोइन झेली
तानाशाही टोलैसम्म कुकर्मले पेली
पालिका र वडा अनि टोल चोकसम्म
बौद्धिक ठाउँमा टीका लगाइ तँ झोले टम्म ।

सोझा सिधालाई देख्छस्र सधैं चल्ला पाठा
सधैं हान्छस् तिनका शिरमा छल धोकाका लाठा
बच्चाले नि देख्छ श्याल राजा नाङ्गो भाको
यति बुझ्नै नसक्ने तँ कति विद्वान भाको ।

मनुवाको नाम अट्दैन तेरो राजपत्रमा
दिन आउला आगो लाउने तेरा सातपत्रमा
आगै लगाइ खेदिएका तेरा मालिक भूत
पौरख देखाइ सुरा तानी नालीभित्र सुत ।

कुनै श्याल हुइँया गाउने बकबकासुर बनी
संसारमै मजत्तिको कोहि नि छैन भनी
कुनै श्याल घुसघुसे भित्रै चाटिचुटी
कतिञ्जेल भिरी हिँड्छस कुहिया दलको बुटी ।

जम्बुमन्त्री बनी हिँड्छस पल्टी साह्रै चतुर
कपुत र कुमतिको मात्रै तँलाई हजुर
मेरै कलम कागजले तँलाई पार्छ धुजा
माग नगर तेरा कामले जुत्ता चढाइ पूजा ।

सधैं तेरो राज चल्दैन मालिकलाई हेर्न
बाजा नलिइ आउनसक्छ दशा तँलाई घेर्न
तेरो गुहार सुन्नेछैन कुनै जन्तु आई
बालबच्चै जुटे तँलाई दिन्छन् नरक पठाइ ।

कागभन्दा नि बाठो बुझ्छस् तैंले आफूलाई
सधैं निम्ता दिइराछस् लात झापुलाई
दमन शोषण भ्रष्टाचारको तँनै ठेकेदार
बुझिराखेस् पर्नुपर्छ एकदिन लम्पसार ।

सुनिस श्याल बुझिस श्याल राखेस् धेरै ख्याल
नत्र जिउँदै डुब्नुपर्ला यमपुरीको ताल !?

०००
२०८२ पुस २९
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
अलमल्ल

अलमल्ल

रामकृष्ण ढकाल
लघुकथा

लघुकथा

रामकृष्ण ढकाल
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x