साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेडा दिवस

सोही दिनलाई भेडा दिवसका रुपमा मनाउनु उपयुक्त मात्र होइन उचित हुन्छ जस्तो लागेर मैले भेडा दिवस मनाउन यो प्रस्ताव जन्ती परिषद् मार्फत भेडानिधिसभामा लैजान चाहान्छु । भेडाहरु आँखामा पट्टि बाँधेर नहिँडुन् ।

Nepal Telecom ad

माधव पोखरेल ‘गोज्याङ्ग्रे’:

आउनुस् अब नेपालमा नयाँ दिवस मनाउने तयारी गरौँ । यस वर्ष जे भयो त्यही विषयमा केन्द्रित भएर नयाँ दिवश मनाऔँ । जुन दिवसले विश्वमा हलचल पैदा गर्ने छ र यसको उपादेयतामाथि विश्व राजनीतिमा नयाँ अध्याय शुरु हुनेछ । नेपालको राजनीतिमा भेडाहरुको योगदानले मानवलाई पछि पारेको कुरा उहिल्यै गणेशमान जीले प्रष्ट पार्नु भएकै हो । भ्रष्ट सिंगाने भेडाहरु मुखिया भेडोले घाटीमा घण्टी लाएर अघि लागेपछि अरु भेडाहरु पछुवा भएर भ्या भ्या गर्दै पछि लाग्नु भनेको नै भेडा प्रवृति हो । यो प्रवृतिको प्रारम्भ गर्ने दिनलाई नै मैले भेडा दिवसका रुपमा मनाउने तयारी गरेको छु । अर्थात् यो प्रवृति नेपालमा फागुन एक्काइस गतेका दिन जन्मेकोले त्यस दिनलाई हामीले भेडा दिवसका रुपमा मनाउँदा उचित होला भन्ने लागेर आफैँ ज्योतिषी भएर तय गरेको कुरा पाठकहरुका माझमा तेर्स्याएको छु । कृपया पूर्वाग्रही भएर स्वीकार गर्नु होला भन्ने लागेको छ ।

यस पटक भेडाहरु साह्रै एकोहोरिएको देखियो । विगतका वर्षहरुमा भेडाहरु विभिन्न बाटोमा छरिन्थे भने यो पटक भेडाहरु सायद राम्रो खाले घाँस खान पाउने आशाले होला एकातिरमात्र एकोहोरिएको देखियो । तर अपवादमा बोका बाख्राहरु गाई फरक बाटोमा लागे । परम्परागत बाटोबाट हिड्नेहरु भन्दा भेडाहरुले तय गरेको नयाँ बाटोले भेडाहरुलाई भोलिको भविष्यकालागि कुन बाटोमा लैजान्छ त्यो स्पष्ट छैन । खाल्डोमा जाकिए भने उठाउनेको खाँचो होला ।

जहिल्यै हरियो घाँसको पछि लाग्ने भेडाहरु अहिले अन्धभक्त भएर हिड्नुको अर्थ पछि बुझ्‌ने छन् । तर अहिले उनीहरु के के पाए भनेर हौसिएका होलान् कतिपय । कतिपय भने न भुँइमा न टाँडमा भएका होलान् । कतिपय भने के के लछारपाटो लाउछु भनेर बकवास गरिरहेका छन् । कतिपय अब कसरी जनताका सामु जानु भनेर मौन सोंचमा होलान् । यि सबै सोंचलाई उर्जा दिन फागुन एक्काइस गते लाखौ भेडाहरुको जन्म भएकोले त्यस दिनलाई भेडा दिवसका रुपमा मनाउँदा भेडाहरुको भावना अनुकुल हुने र सबै नेपाली पनि खुसी हुने भएकोले उक्त दिनलाई भेडा दिवसका रुपमा मनाउन म संसद सचिवालयलाई खुराक दिन र विजनेस उपलब्ध गराएको कुरा सुझाव दिन चाहन्छु ।

हिजो केही भेडाहरु थिए जो सधै गलती गरिरहने तर आफुले गरेको गल्तीलाई स्वीकार नगर्ने भेडाहरु पनि पुनः भेडाको नाइके बनेर गल्ती गरिहेको कुरा पनि म संसद सचिवालयलाई जानकारी गराउन र हिजो पिंजडामा बसेर आज पुनः आफूलाई दूधले धोएको देखाउने प्रयासमा भएको तथ्य र सत्य हामी सबैका अगाडि तितो भएर निल्नु न ओकल्नु भएको छ ।

आफू हुकुम्वासी भएर सुकुम्वासीहरुलाई लखेट्ने, सडकमा रगत बग्दा पनि वास्ता नगर्ने । कवाडाहरुलाई राजधानी छिर्न नदिने छिरेकालाई बाहिर निकाल्ने भेडे प्रवृति प्रदर्शन गर्ने स्वभाव भेडाहरुकै हुन्छ । साँच्चै भन्नु पर्दा भेडाहरु टेडा हुन्छन भन्ने कुराको पुष्टि अन्धमुष्टि तरिकाले स्पष्ट भएको छ । भनौँ भेडा यो देशको देवता हा,े त्यसैले आसेपासेहरुले पुज्ने गरेको देखिदैछ । मानव जीवन भनेको विश्वको उत्कृष्ट प्राणीको जीवन हो भन्ने सुनेको थिए । तर अहिले देख्दा र बुझ्‌दा त भेडे प्रवृति रहेछ भन्ने कुाको पुष्टि भएको छ । यसो भनिरहँदा मानव जीवनको अपमान गेरेको नठहरियोस । किनभने यो लेखिरहँदा म र यो पढिरहँदा पाठकहरु सबै मेरा ज्ञानका, शिक्षाका, प्रेरणाका श्रोतहरु हुन भन्ने कुरा म कहिल्यै विर्सन सक्दिन ।

जहाँसम्म २०४८ सालको आम निर्वाचनपछि लौहपुरुष गणेशमान सिंहले भनेको शब्द भेडा मैले यहाँ सापटी लिएर लेखिरहँदा म आफैँ पनि फरक धारको भेडा भएको छु । भनौ म आफनो सिद्धान्त नीति र बैचारिक रुपले नयाँकालागि पुरानो भेडा भएको यहाँहरुलाई जानकारी गराउन चाहन्छु । र, म आफैँ पनि भेडा हुँ भन्न लाज मान्दिन, नयाँ भेडाको पछि लाग्दिन ।

भेडाहरु स्वभावैले एकोहोरो हुन्छन भन्ने कुराको प्रमाण मैले यहाँ दिइरहनु पर्ला जस्तो लाग्दैन । किनभने नाइके भेडाको घाँटीमा झुण्डाइएको घण्टीको आवाजको पछि लागेर भेडाहरु हिड्ने प्रवृति पुरानो हो । यो परम्परा हो र भेडाहरुको सस्कार पनि हो । नाकबाट सिंगान चुहाउँदै भ्याँ भ्याँ गर्दै एकोहोरो तरिकाले दाँया बाँया कतै नहेरी एकसुरले हिड्ने अरुको कुरा न सुन्ने प्रवृतिलाई हामी नेपाली भेडे प्रवृतिको संज्ञा दिन्छौ ।

हो यही भेडे प्रवृतिको प्रादुर्भाव भएको फागुन २१ गतेको दिनलाई हामी राष्ट्रिय भेडा दिवसका रुपमा मनाउन सक्छौँ । उक्त दिनमा जनमत एकोहोरिएका कारण पनि सोही दिनलाई भेडा दिवसका रुपमा मनाउनु उपयुक्त मात्र होइन उचित हुन्छ जस्तो लागेर मैले भेडा दिवस मनाउन यो प्रस्ताव जन्ती परिषद् मार्फत भेडानिधिसभामा लैजान चाहान्छु । भेडाहरु आँखामा पट्टि बाँधेर नहिँडुन् ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
नगरगाउँका सिंहमहाराज

नगरगाउँका सिंहमहाराज

माधव पोखरेल गोज्याङ्ग्रे
स्वर्गमा सुरक्षालय

स्वर्गमा सुरक्षालय

माधव पोखरेल गोज्याङ्ग्रे
म, कान्छोमामा र उखानहरू

म, कान्छोमामा र उखानहरू

डिल्लीराज अर्याल
सरको नाम बेचेर कुसुम खाँदा

सरको नाम बेचेर कुसुम...

डा. गंगाप्रसाद अधिकारी
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
जेल

जेल

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x