साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टुप्पामा पलाउने बहादुरहरु

भेट भइहाल्यो भने पैनि उसले नचिनेकोझै गर्दछ, नदेखेकोझै गर्दछ । अपरम्पार महिमा छ टुप्पामा पलाउनेहरूको । टुप्पाबाट पलाएका अरु पनि ग वहादुर, घ बहादुरहरूका चर्चा फेरि गरुँला !

Nepal Telecom ad

शारदा काेइराला :

खोइ । आफूले त पढ्ने बेलामा गाई-गोरु चराएर बसियो । जवान नभइकन एकैचोटि बढो भइयो, त्यस कारण पढदाखेरि कस्तो अनुभव हुन्छ भन्ने कुरा त जान्न पाइएन – उही पढेको, पढाएको जे भन्नुहुन्छ स्वास्नीलाई मात्रै हो । नपढे पनि गायत्री र सन्जे भन्न त जानेकै हूँ तर नपढे पनि पढेपछिका मान्छेहरू कस्ता हुन्छन् भन्ने अनुभव भने राम्रोसँग थाहा छ । गोरु खाने भाषा पढेपछि मान्छेको बुद्धि बिग्रन्छ भन्थे – मलाई त ठिकै नै लाग्दछ । नपत्याए हेर्नोस् न- उ त्यो डल्लेको छोरो च्यान्टेलाई । त्यो मिरन्च्याँसे । देख्दै माया लागेर आउँथ्यो । मसँग कसरी लुटुपुटु हुन्थ्यो । तर जब उसले बीए कि सिए के पास गर्यो कुन्नि । कुन्नि कुनचाहिं मन्त्रीका नातेदारकी छोरी पनि भेटाइहालेछ । तब त के भन्ने उसको फूर्तिलाई । सधैं देखे एक घण्टासम्म भलाकुसारी गर्ने त्यो मान्छे मलाई देख्नेवित्तिकै कसरी फनक्क टाउको फर्काएर हिड्छ अहिले ।

आफू त छोटा बुद्धिको मान्छे । पैलाकोजस्तै सम्झेर बोल्न गइयो । तर ऊ त के बोल्दथ्यो ? एक छिन मात्रै यहाँ बस्नोस् है । भनेर विहानै पानको दोकानमा राखेर गएको मान्छे, गायव ऊ। बिचरा च्यान्टे (पहिलेको उसको यो बोलाउने नाउँ थियो । अहिले उसको नाम कुन्नि के राख्या’छ । कुन्नि । केप्रसाद हो वा राज वा बहादुर)? दोप उसको त छैन। दोष त मेरो छ। ऊ पढ्द्या’ मान्छे, म अनपढ । तिहींमाथि कुन्नि कसको जुवाई, कसरी बोल्न सुहाउँथ्यो मजस्तासँग ? सायद, आई ए., बी. एको कितापमा ‘अनपढसँग नबोल्नू’ भन्ने लेखेको हुन्छ कि । अचेल पनि कहिले-काही उसलाई म भेट्छु । ऊ मलाई देख्नेवित्तिकै अर्कातर्फ मुन्टो बटार्छ। म पनि उसलाई देख्नेवित्तिकै नदेखेकोजस्तो भइदिन्छु । डल्लेचाहि कहिले-कहिले आएर मसँग गनगन गर्दछ । उसको स्थिति कसबाट लुकेको छ र ? कुन्नि कसको गोठालो भएर पहिला आएको त हो नि मिष्टर क बहादुर सर्वपरिचित नै भनूँ, लोकप्रिय मान्छे हो ।

मैले भन्दा तपाईहरू पत्याउनुहुन्न होला ? ऊ त्यही क बहादुर हो, जो पिउनको जागिर खान आउँदाखेरि मैले नै बैरग फकाएको थिएँ । जानी जानी त्यस्तालाई कसरी धर्ता गर्न ऊ कस्तो थियो ? रक्सी खानमा एकदम उस्ताद । विहान हुन नपाइकन उसलाई धोक्नै पर्दथ्यो । ऊ जतिखेर पनि पिएकै हुन्थ्यो । एक-दई अवसर छोडी उसलाई मैले नपिएको देखिन । कहिलेकाही त ऊ दिनको बाह बजे नै नालीमा मुख गाडिरहेको हन्थ्यो । आफूले चिनेको मान्छे, त्यतिकै पोडिदिनुभएन । बल्ल बल्ल रिक्सावालालाई राजी गराएर डेरामा लगेर पत्तारिदिनुपर्दथ्यो र कहिले-कहिले त रक्सी खानलाई एक रुपियाँ मागेर पनि हिँड्दथ्यो । कहिले पैसा नदिदा औँलो ठड्याएर पनि मेरै अगाडि हिँड्दथ्यो, तर उत्सते कुन्नि कताबाट चान्स पायो ।

ऊ एकैचोटि नेता भयो। मोटरमा कुद्ध पाल्यो- मिटिडमा जान थाल्यो- व्यस्त हुन थाल्यो । उसलाई भेट्न पनि बाहिर घन्टौं कुर्ने अवस्थाले छोयो – ऊ एकैचोटि ठूलो मान्छे भयो । नेता भइसकेपछि एकचोटि मैले भेट्ने अवसर पाएको हुँ। पहिले चिनेको भए पनि फेरि बिर्सिसकेको रहेछ । फेरि नवीन चिनापर्ची भयो । नेता भइसकेपछि भाषण गर्ने बानी लाग्नु तस्वाभाविक नै हो। हामी चोकमा उभ्भिएका थियौं, ऊ त्यहीं बोल्न लाग्यो-‘बुझ्नुभो ? तपाईंहरूजस्तै अशिक्षित, अनपढ, असभ्यले गर्दा देशले अहिलेसम्म प्रगति गर्न पाएको छैन । देशका जनता त बुझ्‌नुभो । मजस्तो हुनुपर्छ- देशसेवा गर्ने कटिबद्ध भएका इमान्दार, कर्तव्यनिष्ठ !!”

ऊ कतिको इमान्दार र कत्तिको कर्तव्यनिष्ठ थियो, त्यो त मैले – बताइरहनुपर्दैन नै होला ! जंतिखेर उसकी स्वास्नी सुत्केरी भएकी थिई- सिरियस भएकी थिई त्यतिखेर छिमेकीहरूले चन्दा उठाएर दिएको रकम दवाई किन्न भनेर गएको त रक्सीपसलभित्र बसेर ऊ रक्सी धोक्न थालेछ । स्वास्नी यता मर्नु-न-बाँच्नु भएर लडिरहेकी थिई ऊ पनि उता इन्तु-न- चिन्तु भएर पैनीमा पसारिरहेको थियो । धन्न । पैनीमा पानी धेर रहेनछ, नत्र त्यहीं सिलटिम्बुर – बानाइसक्ने । उसको इमान्दारीताको वखान त मैले के गरिरहनु । सायद । ॐ जहाँ पहिले बस्थ्यो त्यसका वरिपरिका कुनै दोकान यस्ता छैनन् होला, जहाँ- उसले उधारो नखाएको होस्, जहाँ उसको नाम नतिर्नेको लिस्टमा पहिले नागिएको होस् । अहिले त्यत्रो नेता भएर पनि के ? सबै कुरा साँचो नै त छ । नानीदेखि लागेको बानी के छुट्थ्यो ? जे होस्, उसको स्तर बढ्यो । पहिले – आप्रोको होटलभित्र पस्दथ्यो भने अहिले तारे होटल ताक्दछ। पहिले दुधियाले चित्त – बुझाउँथ्यो भने अहिले बेलायती रमले चित्त बुझाउँछ ।

उसको नाम हो- मिस्टर ख प्रसाद । उसको बाजे जनी-मनी गरेर खान्थ्यो। बाचाहिं कन्ति कसको खेत कमाएर बसेको थियो । ऊ सधै भाभलुगा लगाउँथ्यो । दश ठाउँमा फाटेको अनि दश ठाउँमा टालेको । मेरी आमाले कहिले काही माया गरेर उसलाई मेरो फाटेको या फाट्न लागेको लगा दिनहन्या ऊ कृतज्ञ हुन्थ्यो ।

पछि ऊ कन्नि कसकोमा नोकर बस्दा छोरी नै पट्याएछ । घरपट्टि साहकी छोरीलाई भंडी बोकाइदिएछ । साहले लोकलाजको डरले उसैलाई नै छोरी दिन बाध्य हनुपर्यो । जे होस्, उसले तरिका त जानेकै पनि हो। अहिले ऊ मोटरसाइकल कुदाएर हिड्छ । साहूकी एउटै छोरी, ससुराली त उसले गतिलै भेट्टायो । ससुराको त्यत्रो धनसम्पत्ति सबै उसको नै भयो कहिले-काही उसलाई भेटे पनि ऊ बोल्दैन । बोल्दा उसको इज्जतमा धक्का पुग्छ रे। अस्ति नै उसले आफ्‌ना गण्य-मान्य साथीहरूसँग गफ गरेको सुनेको मैले । भन्दै थियो ऊ- “के गर्नु ? मसीन बासमती चामलको भातमा मासु या घिउ, दूध या दही हालेर ज्युनार गर्दा पनि पटक्क रुच्न छाड्यो ।” जबकि उसिना चामलको त के कुरा ढिडोसम्म खान उसलाई पुग्दैनथ्यो कुनै दिन । एक-दुई छाक भोक भोकै रहनु पनि पर्दथ्यो।

कहिलेकाहीँ मेरी आमालाई माया लाग्दथ्यो-अनि बोलाएर खान दिनुहुन्थ्यो । आज उसको ठूलो इज्जत भइसक्यो । मान भइसक्यो । सम्मान भइसक्यो । मसँग बोल्दा उसको इज्जत जाने भइसक्यो । उसको बाटामा कथचम्कदाचित भेट भइहाल्यो भने पैनि उसले नचिनेकोझै गर्दछ, नदेखेकोझै गर्दछ । अपरम्पार महिमा छ टुप्पामा पलाउनेहरूको । टुप्पाबाट पलाएका अरु पनि ग वहादुर, घ बहादुरहरूका चर्चा फेरि गरुँला ! आजलाई यति नै।

युगज्ञान साप्ताहिक (२९ भदौ, २०३४)

०००
झापा
पोथी बासेको घर ! (२०६०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पिउनुको मज्जा !

पिउनुको मज्जा !

शारदा काेइराला
सिफारिस माहात्म्य

सिफारिस माहात्म्य

शारदा काेइराला
कुकुरदेखि सावधान !

कुकुरदेखि सावधान !

शारदा काेइराला
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
कुखुरो : घडी चरो कि विकासे चरो ?

कुखुरो : घडी चरो...

ईश्वर पाेखरेल
सल्लाहकारहरू !

सल्लाहकारहरू !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x