साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी साहित्येका पसलेको घाेसना पतर

चाँडाे गरौँ पसलमा नाताकाे चाराे छरौँ गाेपिकृष्णकाे..... भजन गरौँ उताका पसलकाे यता साराैँ यताकाे उता साराैँ पुरस्कारकाे फल झारौँ लौ कविकारजिउ ढाेक्साेमा माछा पाराैँ ।।

Nepal Telecom ad

हाेम सुवेदी :

अल नेपाल कुम्ल्याउ
सिन्डिकेट साहित्य दलकाे
घाेषणापत्र र वचनबद्धता
सार्वजनिक गरेका छौँ
ठाउँठाउमा चाराे छरेका छौँ
कविजिउहरूकाे पेट भरेका छौँ
साहित्यकाे पसल खाेलेर मैनालाई
पिन्जडामै चाराे छरेका छौँ
गुनासाे नगर्नू कविजिउ
साेझाे अम्लाेले आउँदैन घिउ
छर्नुहाेस् मलिला ठाउमा उम्रन्छ
सिन्डिकेटको जतासुकै छ बिउ
ए कविजिउ
साहित्यका पसलहरू
बजार र गाउँ भरि
बग्रेल्ती खुलेका छन्
मैनाहरू चाराे खान चरेका छन्
खुब स्तुति गरेका छन्
कीर्तनमा आफूलाई नै भुलेका छन्
ए कविजिउ
साहित्यका पसलहरू
बजार र गाउँ भरि
बग्रेल्ती खुलेका छन्
गोपीकृष्ण काे,……
बाेल्नुहाेस्
आफ्नाे ललाटकाे ढाेका
उदाङ्ग हुने गरी खाेल्नुहोस् ।

फेरि भन्दैछौँ
साहित्यका पसलहरू
बजार र गाउँ भरि
बग्रेल्ती खुलेका छन्
हिजाेका उनै पुरस्कार थाप्नेहरू
आज अर्का पसलमा डुलेका छन्
साँझ पर्न पाउँदैन
दारुका मातले झुलेका छन्
साहित्यिक सपलेहरू
आफ्नाे प्रसस्तिमा भुलेका छन्
कविजिउ अम्लाे अलिक बाङ्गो पार्नू
साेझाे अम्लाेले पुरस्कार आउँदैन
लेख्नेले पुरस्कार पाउँदैन
अघाउनुभाे र ?
अघाएकाले ता मुख बाउँदैन
तिर्खा धाउँछ खाेलाे धाउँदैन
त्यसैले कविजिउ
साहित्यका पसलहरू
बजार र गाउँ भरि
बग्रेल्ती खुलेका छन्
साेर्स लाउन
कथाकारजिउहरू डुलेका छन्
पछि परिएला !
पसलेहरू प्रसस्तिमा भुलेका छन्
कहिले यता त कहिले उता झुलेका छन्
कसलाई सिफारिस गर्दा
कमिसन बढी पाइन्छ भनेर
एजेन्टहरू पसलमा हुलेका छन्
साहित्यका पसलहरू
बजार र गाउँ भरि
बग्रेल्ती खुलेका छन् ।

सबै हाेसियार छन्
सट्टापट्टाका लागि पनि तयार छन्
साेर्स लाउनुहाेस्
नाता भिडाउनुहाेस्
लेखेकाे जेसुकै हाेस्
नाता भए पुग्छ
पसलमा कटौराे लिएर गए पुग्छ
ससुरालीतिरका नाताे भए साेलिड
लौ कविजिउ, निबन्धकारजिउ, खाेरियाकारजिउ,
बाछिटाकारजिउ, ओलाकजिउ
फलानाे फलानाे विधाकाजिउ
चाँडाे गरौँ
पसलमा नाताकाे चाराे छरौँ गाेपिकृष्णकाे…..
भजन गरौँ
उताका पसलकाे यता साराैँ
यताकाे उता साराैँ
पुरस्कारकाे फल झारौँ
लौ कविकारजिउ
ढाेक्साेमा माछा पाराैँ ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Indira Prayas
Indira Prayas
3 months ago

धेरै मीठो व्यङ्ग्य दिनु भयो गुरुले आहा।

Nepal Telecom ad
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
1
0
Would love your thoughts, please comment.x
()
x