साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के छैन यहाँ

अघिपछि प्रतिपक्ष हुने तर खाने बेला एकै पक्ष हुने अङ्शियार यहीँ छ अनुगमन पनि यहीँ छ ।

Nepal Telecom ad

के छैन यहाँ ?
साइकल नहुने नेताको करोडको कार यहीँ छ
नारायणहिटी भन्दा ठूलो तीनको दरबार यहीँ छ
जसले नैतिकताको कुरा उठाउँछ
उसैको अर्काकी श्रीमती उडाको घरबार यहिँ छ ।

करोडको हैन खरबको भ्रष्टाचर यहीँ छ
त्यो भ्रष्टाचार गर्ने मुर्दार यहीँ छ
तपाईं हामीलाई थाहा भएर पनि के हुन्छ ?
त्यो भ्रष्टाचारीलाई जोगाउने सरदार यहीँ छ ।

के छैन यहाँ ?
गरिबी देखाएर चन्दा माग्ने हतियार यहीँ छ
त्यही चन्दामा हलिमुहाली गर्ने मतियार यहीँ छ
तपाईं हामीले बिरोध गरेर भो र ?
अरबौँ खाए पनि मुक्ति दिने अख्तियार यहीँ छ ।

के छैन यहाँ ?
राष्ट्र ढुकुटी उडाउने चौकिदार यहीँ छ
जति खाए पनि नअघाउने खरदार यहीँ छ
बिकासको कामलाई बर्षौ लगाउने ठेकदार यहीँ छ
तपाईं हामी चिच्चाएर भयो र !
त्यो ठेकदारलाई ठेक्का दिलाउने सरकार यहीँ छ ।

आफ्नो आङको भैंसी नदेख्ने
अरुको आङको जुम्रो देख्ने सँधियार यहीँ छ
अघिपछि प्रतिपक्ष हुने तर खाने बेला
एकै पक्ष हुने अङ्शियार यहीँ छ
अनुगमन पनि यहीँ छ,
कालो बजार पनि यही छ
जती राष्ट्रवादको कुरा गरे पनि
सत्ताको लागि पराईको
पाउ पर्ने लम्पसार यहीँ छ ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x