सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

के छैन यहाँ

अघिपछि प्रतिपक्ष हुने तर खाने बेला एकै पक्ष हुने अङ्शियार यहीँ छ अनुगमन पनि यहीँ छ ।

Nepal Telecom ad

के छैन यहाँ ?
साइकल नहुने नेताको करोडको कार यहीँ छ
नारायणहिटी भन्दा ठूलो तीनको दरबार यहीँ छ
जसले नैतिकताको कुरा उठाउँछ
उसैको अर्काकी श्रीमती उडाको घरबार यहिँ छ ।

करोडको हैन खरबको भ्रष्टाचर यहीँ छ
त्यो भ्रष्टाचार गर्ने मुर्दार यहीँ छ
तपाईं हामीलाई थाहा भएर पनि के हुन्छ ?
त्यो भ्रष्टाचारीलाई जोगाउने सरदार यहीँ छ ।

के छैन यहाँ ?
गरिबी देखाएर चन्दा माग्ने हतियार यहीँ छ
त्यही चन्दामा हलिमुहाली गर्ने मतियार यहीँ छ
तपाईं हामीले बिरोध गरेर भो र ?
अरबौँ खाए पनि मुक्ति दिने अख्तियार यहीँ छ ।

के छैन यहाँ ?
राष्ट्र ढुकुटी उडाउने चौकिदार यहीँ छ
जति खाए पनि नअघाउने खरदार यहीँ छ
बिकासको कामलाई बर्षौ लगाउने ठेकदार यहीँ छ
तपाईं हामी चिच्चाएर भयो र !
त्यो ठेकदारलाई ठेक्का दिलाउने सरकार यहीँ छ ।

आफ्नो आङको भैंसी नदेख्ने
अरुको आङको जुम्रो देख्ने सँधियार यहीँ छ
अघिपछि प्रतिपक्ष हुने तर खाने बेला
एकै पक्ष हुने अङ्शियार यहीँ छ
अनुगमन पनि यहीँ छ,
कालो बजार पनि यही छ
जती राष्ट्रवादको कुरा गरे पनि
सत्ताको लागि पराईको
पाउ पर्ने लम्पसार यहीँ छ ।

दाङ, हाल काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
स्याल र चल्ला

स्याल र चल्ला

प्रेम ओली ढकलपुरे
नेता

नेता

प्रेम ओली ढकलपुरे