प्रेम ओली ढकलपुरेएक दिन भए पनि ठोकौँ
कोही नकराउने पर्छ भने बरु कानुनै बनाउने हे जनैधारी कन्ननीधारी महानुभावज्यूहरू नौ सरे भए पनि, तीन सरे भए पनि आज एउटा जनै बोकौँ एक दिन भए पनि ठोकौँ ।

कसैको किलामा अट्केको होला
कसैको काँटीमा लट्केको होला
कसैको ह्याङ्गरमा अल्झेको होला
कसैको घाँटमै बल्झेको होला
आज बजारबाट भए पनि एउटा बोकौँ
एक दिन भए पनि जनै ठोकौँ ।
बाले बनाउँथे काकाले बनाउँथे
आफूलाई त बनाउन पनि आउँदैन
हिजो आज
बनाउने बाहुन पनि त पनि पाउँदैन
तर केको पिर ?
हाम्रो मित्रले जति जनै पनि बटाइदिन्छ
एक कल फोन गर्यो भने चाइनाबाट
एक ट्रक नै पठाइदिन्छ
मित्रले पठाएपछि
बाहुनको हातबाटै लिएर बोकौँ
आज एक दिन भए पनि जनै ठोकौँ ।
आज लायो भने पनि
भोलि गन्जी बन्यानले कता फाल्छ
पाँच रुपैयाँको धागो, कसले पचास हाल्छ ?
फेरि जनै हालेपछि
जनैको मान्यता पनि जान्नु पर्यो
जानेपछि रीति बिधी पनि मान्नु पर्यो
अहिले त जनैधारीले
सुङ्गुर बङ्गुर सब खान्छ
यही खानलाई होटेल, पब जान्छ
दही दुध छोडेर तीनपाने नै तान्छ
यस्तालाई जनैले पनि के ठान्छ ?
यो जनै त बरु अरुलाई दिनु पर्छ
कति लिने हामीले मात्र ठेक्का
सस्कृति जोगाउने जिम्मा त
पालैपालो अरुले पनि लिनु पर्छ
अचेल त जनैधारी
कोही भट्टीमा धाउने
कोही बार धाउने
कुनै कुनै बाजे त
पूजा लाउन यसो टुच्च दिएर नि आउने
अब जनै, दलित बैष्य सबले लाउने
जसरी पनि यो जनैपर्वलाई जोगाउने
तर यसले लायो उसले लायो भनेर
कोही नकराउने
पर्छ भने बरु कानुनै बनाउने
हे जनैधारी कन्ननीधारी महानुभावज्यूहरू
नौ सरे भए पनि, तीन सरे भए पनि
आज एउटा जनै बोकौँ
एक दिन भए पनि ठोकौँ ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest


































