साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढे हौ या त सांसद

बुझ्रछाै लाखाैं तलवभत्ता खाली छन् कुर्सी ता सबै विकासे कोष भन्दैमा करोडौं माग्दछौ अझै अगस्ती हौ कि हूँडार, हौ डाइनोसर मम्मथ को हौ भन नढाँटेर साँढे हौ या त सांसद ?

Nepal Telecom ad

चर्दछौ दुःखीको बाली लाग्छौ तस्करकै पछी
गर्दैनौ काम कुर्लन्छौ चोकमा थुतुनो धसी ।
असत्ती लोभि पापीकोसँग मात्र छ लसपस,
को हौ भन नढाँटेर साँढे हौ यात सांसद ?

भइँ खोस्रेर डुक्रिन्छौ, आपसमा जुध्न जान्दछौं,
नाङ्गो छौ शर्म मान्दैनौ पुर्खाको लाज फाल्दछौं
घाँस खान सबै मिल्छौ चर्छौ देशै सपासप,
कौ हो भन नढाँटेर साँढे हौ या त सांसद ?

पिएर पसिना झुत्रे श्रमकर्मी निमेकीको
नपुगेर अझै चाट्छौ जुठा प्लेट छिमेकीको
मलमूत्रादिका थैला बेकामे भोगलम्पट
को हौ भन नढाँटेर साँढे हौ या त सांसद ?

बुझ्रछाै लाखाैं तलवभत्ता खाली छन् कुर्सी ता सबै
विकासे कोष भन्दैमा करोडौं माग्दछौ अझै
अगस्ती हौ कि हूँडार, हौ डाइनोसर मम्मथ
को हौ भन नढाँटेर साँढे हौ या त सांसद ?

खुट्टा छामेर गर्दैछौ बढाइँ त्यो छिमेकीको
हड्डी चाटेर भन्दैछौ तावेदार हुँ स्वामीको
जस्केला ढुकि पस्रन्छौ खुस्रक्क प्रभुका पद
को हौ भन नढाँटेर साँढे हौ या त सांसद ?

कतै झुक्छौ, कतै भुक्छौ पालो फेरो यताउता
तिमी आबाद छौ बाँकी बरबाद जतातता ।
पराल नल भो देश, टिप्यौ दाना टपाटप
को हौ भन नढाँटेर साँढे हौ या त सांसद ?

०००

नयाँ वानेश्वर ९८४१६४७१८९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कल्पबासको झकास

कल्पबासको झकास

नरेन्द्रराज पौडेल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
0
Would love your thoughts, please comment.x
()
x