प्रेम ओली ढकलपुरेआयो आयो
कहिले घुस कान्ड कहिले कमिसन कान्डको समाचार आयो पक्कै पैसो बोकेर भोट किन्न आयो यसले जित्यो भने त जनताले फेरि पाँच वर्ष दुःख पायो ।

आयो आयो
के आयो ?
आलु आयो लौका आयो
तर हिजो अस्ती भन्दा महङ्गिएर आयो
त्यै पनि छोरोले किनेर खायो
पहिले किलो खान्थ्यो अहिले पाउमा खायो ।
आयो आयो
के आयो ?
पेट्रोल आयो ग्यास आयो
तर झन महङ्गिएर आयो
त्यसो भए दुई छाक खान्थ्यो
अब छोरोले एक छाक खायो
बसमा जान्थ्यो अब हिंडेरै जाने भयो ।
आयो आयो
के आयो ?
फेरि कोरना आयो
त्यसो भयो छोरोले
पहिलो डोज मात्र लाकोथ्यो
अब छोरोले बुस्टर डोज खोजेर लायो
न काममा जान पायो
न धाममा जान पायो
फेरि लक डाउन भएछ भने
सुती सुती घरमै बसेर खायो ।
आयो आयो
के आयो ?
बजेट आयो
बजेट आयो ?
अब यसले सारा चिज महङ्गायो
ब्यापारीलाई बनायो
मन्त्री कर्मचारीले कमायो
जनतालाई झन नङ्गायो
कर्मचारीले घुस खायो नेताले कमिसन खायो
जनताले गम खायो
अब छोरोले हिजो भन्दा आज भात कम खायो ।
आयो आयो
के आयो ?
नेता आयो
त्यसो भए पक्कै चुनाव आयो
पाच बर्षसम्म कता हरायो
कहिले घुस कान्ड
कहिले कमिसन कान्डको समाचार आयो
पक्कै पैसो बोकेर भोट किन्न आयो
यसले जित्यो भने त
जनताले फेरि पाँच वर्ष दुःख पायो ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest


































