साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुत्ताको बिलाप

मैमाथि चडेर कहिले मन्त्री हुन धाउँछ, कहिले सचिव हुन धाउँछ चाकडी चाप्लुसी यसलाई सब गर्न आउँछ बाटोमा हिँड्दा पनि मलाई कहिले हिलोलाई ढोकाउँछ कहिले ढुङ्गामा ठोकाउँछ ।

Nepal Telecom ad

एक दिन एउटा जुत्ताले बिलाप्दैथ्यो
भारी जिउधारीलाई त सराप्दैथ्यो
कहिले गैंडा जस्तो भाइलाई बोक्याछु
कहिले हात्ती जस्तो दाइलाई बोक्याछु
कहिले जर्सी जस्तो गाईलाई बोक्याछु
हे उद्योगपति, हे जुत्ताका पनि पति
मलाई बास्केट बनाइे देऊ, बाल्टी बनाइ देऊ
कृपया मलाई यो जुत्ता नबनाइ देऊ ।

दुई माना खाजा खान्छ
दुई पाथी भात खान्छ
त्यो गणेशको जस्तो भुँडी बोकेर
मैमाथि चडेर जान्छ
खालीखुट्टा हिंडे पनि त हुने कहिलेकाहीँ त
तर के मान्छ ?
फेरी फेरी लाउनु, एक जोर जुत्ताले बर्षौं धान्छ ।

खान पनि कति सक्या
मम पनि यै बजाउँछ
चाउमिन पनि यै बजाउँछ
खतरै रहेछ भुँडी पनि
जति जे खाए पनि मज्जाले पचाउँछ
एक बोतल कोक त घोडाले झैं खिच्छ
भरखर दुई थाल भात मारेको हुन्छ
एक छिनमै मासु चिउरा घिच्छ
के जाँदैन यसको भुँडीमा ?
सुङ्गुर पनि जान्छ पाडो पनि जान्छ
भोक लाग्यो भने दुई थाल फाँडो पनि खान्छ
यति लोड चढाउँछ
दिनमै दुई किलो वेट बढाउँछ ।

ओहो !
त्यो हात्ती जस्तो ज्यानले यसरी थिच्छ
बाटो सम्माउने रोलरले पनि माटो के किच्छ ?
घ्याम्पे भुँडी बोक्या छ
जे जे भेट्यो त्यै ठोक्या छ
खम्बा जस्ता तिघ्रा बनाउँछ
दलिन जस्ता मसल बनाउँछ
मोजा फेर्नु छैन ठुस्ठुस्ती गनाउँछ ।

जहाँ जाँदा नि हिंडेर नै जान्छ
ट्याम्पो नि चड्दैन, बस पनि चड्दैन
कालो धैंसो भाछु, सफा पनि गर्दैन
मन्दिर पनि धाउँछ
केटी हुन पनि धाउँछ
कहिले कहिले त
अर्काकी बुढी हुन पनि धाउँछ
बोल्ने सक्ने भए एक एक बदला लिन्थें
यो कहाँ कहाँ जान्छ
उसकी बुढीलाई सब गोप्पे कुरा भनी दिन्थें ।

मैमाथि चडेर
कहिले मन्त्री हुन धाउँछ, कहिले सचिव हुन धाउँछ
चाकडी चाप्लुसी यसलाई सब गर्न आउँछ
बाटोमा हिँड्दा पनि मलाई
कहिले हिलोलाई ढोकाउँछ
कहिले ढुङ्गामा ठोकाउँछ
कहिले त मान्छेकै गोबरमा हिर्काउँछ
जाँड धेरै धुत्यो भने मैमाथि तुर्काउँछ
हे उद्योगपति, हे जुत्ताका पति
बरु मलाई पानीको ट्याङ्की बनाइ देऊ
अब यो जुत्ता नबनाइ देऊ
घरको टुप्पामा चढुँला
घाम सहँुला, झरी सहुँला
तिम्रो लागि टन्न पानी भरुँला ।

०००
घट्टेकुलो, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x