बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

पाका मानिसमा मनोसामाजिक समस्या र कानून

समाजमा रहेका हरेक पाका मानिसहरूलाई कानुनसँग परिचित गराउनु र कानुनी प्रकृयामा ल्याउनु हामी सबैको दायित्व र राज्यद्वारा प्रदान भएको अधिकार पनि हो ।

Nepal Telecom ad

“मानसिक रुपमा स्वस्थ हुनु नै शरीर स्वस्थ हुनु हो ।”
बुढ्यौली एउटा प्राकृतिक नियम हो । बुढ्यौली जिवनलाई समाज र ठाउँ अनुसार फरक फरक नामबाट सम्बोधन गरेको पाईन्छ । अन्य देशहरूमा जेष्ठ नागरीक भनेर सम्बोधन गरिने भएतापनि खासगरी हाम्रो समाजमा पाका मान्छे भनेर चिनिन्छ । एउटा परिवारलाई सुदृढ, सु-संस्कृत र समृद्धशाली बनाउनका लागी पाका मान्छेहरूको परिपक्वता निकै उपयोगी हुन पुग्दछ । बुढ्यौली जीवनलाई सहज बनाउनका लागी उनिहरूलाई निरन्तर सक्रिय बनाउनुको साथै नयाँ भूमिकामा ल्याउनका लागी सधैं हामीले उत्प्रेरणाले डोर्याउनु आवश्यक छ । जसका लागी उनिहरू मानसिक रुपमा स्वस्थ हुनु जरुरी छ ।
विश्वमा अहिले पाका मानिसहरूको जनसंख्या वृद्धि भएसँगै सामाजिक तथा आर्थिक चुनौतीहरू पनि बढ्दै गइरहेको छ । त्यसैले यस सम्बन्धी उपयुक्त नीति र सहकार्यले मात्र यस्ता चुनौतीसँग सामना गर्ने सामथ्र्यको विकास गर्न सक्दछ । पाका मानिसहरूका आवश्यकता तथा उनिहरूले भोग्दै आइरहेका विभिन्न समस्याहरूको पहिचानका साथ उपयुक्त समाधानका उपायहरूको खोजी गर्नका लागि पाका मानिसहरू सम्बन्धी विश्व सम्मेलनहरू पनि भइरहेका छन् । जसमध्ये पहिलो विश्व सम्मेलन सन् १९८२ को जुलाई २६ देखि अगष्ट ६ सम्म अष्ट्रियाको भियनामा भएको थियो ।
सबै उमेरका आ-आफ्नै चारीत्रिक विशेषताहरू हुन्छन भने बुढ्यौली अवस्थाका पनि आफ्नै विशेषता र चुनौतीहरू रहेका छन् । जसलाई स्वयं उनिहरूले नै सामना गर्दै आइरहेका छन् । बुढ्यौली अवस्थामा हुने अन्य विभिन्न समस्याहरूसँगै उनिहरूमा मानसिक तथा मनोसामाजिक समस्याहरू पनि हुने गर्दछन् । मानसिक तथा मनोसामाजिक समस्याको क्षेत्र निकै विस्तृत रहेको हुनाले सबै विषयवस्तुलाई यसमा समेट्न नसकिने भए तापनि केहि मुख्य विषयवस्तुहरूको बारेमा भने यहाँ चर्चा गर्न खोजिएको छ ।

मनोसामाजिक भन्ने शब्दलाई ‘मन’ र ‘समाज’ बाट विश्लेषण गरिएको पाइन्छ । यहाँ मनलाई मानसिक पक्षको रुपमा लिएको हुनाले व्यक्तिको धारणा, सोचाई, ईच्छा, आकांक्षा, विचार, संवेग र चाहना आदि यस अन्तर्गत पर्दछन् भने समाजिक पक्षभित्र सामाजिक प्रणाली, अन्तरसम्बन्ध, रीति रिवाज, परम्परा, मान्यता, आर्थिक र धार्मिक सम्बन्ध आदि पर्दछन् । त्यसैले व्यक्ति र सामाजिक पक्ष बीच हुने गतिशील सम्बन्ध नै मनोसामाजिक हो । मन (व्यक्ति) तथा समाजको बीचमा निरन्तर अन्तरकृया भइरहेको हुन्छ । यसै क्रममा मन र समाजको तालमेल नमिल्दा व्यक्तिमा उत्पन्न हुने भावनात्मक समस्यालाई नै मनोसामाजिक समस्या भनिन्छ । यस्ता समस्याहरूले पाका मानिसहरूको दैनिक कृयाकलापमा बाधा पुर्‍याउनुका साथै व्यक्तिको भावना, सोचाई, धारणा र व्यवहारमा समेत प्रभाव पार्दछन् । पाका व्यक्तिहरूको भावना, शरीर, व्यवहार र सम्बन्धमा विभिन्न समस्याहरू देखिनु नै बुढ्यौली अवस्थाका मनोसामाजिक समस्याहरू हुन जुन सामाजिक पक्षहरूसँग मेल नखाँदा उनीहरूको भावनामा आउने समस्याहरू हुन् ।

परिवार वा समाजको कुनै एक व्यक्तिका कारण परिवार वा समाजमा रहेका अन्य व्यक्तिहरूलाई समेत मनोसामाजिक समस्या हुन सक्दछ । जसको कारण व्यक्तिको कृयाकलाप वा व्यवहार असामान्य हुन गई दैनिक जीवनका कृयाकलाप सुचारू रुपमा संचालन गर्न कठिन हुन्छ । बुढ्यौलीमा मानसिक समस्या हुने विभिन्न कारणहरू छन् । जसमध्ये बुढ्यौली अवस्थामा एक्लो महसुस गर्नु, दीर्घ रोगहरू (लामो समय सम्मको) लाग्नु, कामको उचित मूल्याङ्कन नहुनु, हिंसा तथा दुव्र्यवहार हुनु, कमजोर आर्थिक अवस्था हुनु, भावनाको कदर नहुनु, जीवन साथीको विछोड हुनु, परिवार तथा समुदायबाट उपेक्षित हुनु आदि यसका मुख्य कारणहरू हुन् ।

उमेरको हिसाबले पनि नेटो काटेको र आफुले जिविकोपार्जन गर्दै आइरहेको विभिन्न कामहरूबाट पनि अवकास जस्तै हुने हुँदा उनिहरूको जिवन निकै कष्टकर भएको देखिन्छ । आफूले नियमित रुपमा गरिरहेको काममा नगई घरमा नै समय बिताउनु पर्दा परिस्थितिसँग सामन्जस्यता गर्न कठिन भइरहेको हुन्छ । सामाजिक स्थान र कार्यहरूमा आफ्नो सहभागिता नभएको अनुभूतिले मात्र पनि आफ्नो जीवनको कुनै मोल नभई आफू शारीरिक र मानसिक रुपमा नै कमजोर भएको महसुस गर्दछन् । सामाजिक सम्पर्क र कृयाकलापमा पनि विशेष महत्व नदिएका कारण समुदायमा कम सहभागिता र दैनिक हुने भेटघाटमा समेत कमि आउने हुनाले धेरैलाई पिरोल्न सक्दछ । यस उमेरमा जैविक रुपले शरीर कमजोर हुने हुँदा विभिन्न रोगहरूले समेत सजिलैसित आक्रमण गर्ने भएकाले परिवारका सदस्यहरूले पाको मान्छेहरूको स्वास्थ्यलाई संवेदनशील रुपमा लिनु आवश्यक छ ।

परिवारका सबै सदस्यहरू आ-आफ्नै काममा व्यस्त हुने, सबैको आफ्नै दौडधुप हुने, अफिस जानेहरू अफिस जाने, केटाकेटीहरू स्कुल, कलेज जाने भएकाले घरमा पाका मानिसहरूसँग पाँच मिनेट सँगै बसेर कुरा गर्ने, उनीहरूको कुरा सुनिदिने र उनिहरूको भावनालाई बुझिदिने कोहि हुदैनन् । अहिलेको प्रविधिको युगमा समय भइहाले पनि सबै मोबाईल र कम्प्युटरमा व्यस्त रहनाले परिवारका सदस्यहरूको जमघट भई कुराकानी गर्ने परिपाटी हराउँदै गइरहेको छ । जसको परिणाम स्वरुप पाका मानिसहरूमा विभिन्न किसिमका मानसिक तथा मनोसामाजिक समस्याहरू आउने गर्दछन् ।

घर परिवार र समाजले समेत आफूलाई प्राथमिकता नदिएको महसुस हुने भएकाले पाको उमेरमा चिढचिढाहट हुने, चाँडै रिस उठ्ने, स-साना कुराले पनि मनमा असन्तुष्टी पैदा हुने हुन्छ । यस अवस्थामा हुने उदासीपनले वैराग्यता सिर्जना गर्ने भएकाले शारीरिक स्वास्थ्यमा समेत असर पुग्दछ । उदासीले गर्दा छालामा सुख्खापन आउने, अनुहार चाहुरी पर्ने, आँखा र कानको क्षमतामा कमि आउने साथै पाचन प्रणालीमा समेत असर गर्ने हुनाले डिप्रेसन, एन्जाईटी, अल्जाइमर जस्ता गम्भिर रोग लागि कतिपय अवस्थामा साईकोसिस समेत हुन पुग्दछ त कतिले आत्महत्याको बाटो समेत रोज्ने गरेका घटनाहरू हामीले सुन्दै र देख्दै आएका छौं ।

त्यसैले उनीहरूको देखभाल, स्याहार-सुसार गर्ने स्याहारकर्ता र परिवारका सदस्यहरूले सधै चनाखो भई त्यस्ता व्यक्तिहरूको दैनिक कृयापलापको लेखाजोखा गर्ने र उनीहरूको स्वास्थ्यको वारेमा खोजखबर गर्नुपर्दछ । आफू ब्यस्त भए तापनि आफ्नो परिवारको पाको मान्छेको लागि केहि समय मिलाउनु पर्दछ । यस्तो बेलामा हामीले पाका मानिसहरूलाई ईज्जत गर्ने, उनीहरूको दुःख सुखमा साथ दिने, माया ममता दिने, भावना बुझ्ने कोशिस गर्ने र उनीहरूका रहर चाहनाहरूलाई पुरा गर्ने कोशिस गर्नु पर्दछ । कुनै पनि समस्याहरू आइपरेको खण्डमा पाका मानिसहरूको साथमा रहनु पर्दछ जसको कारण उनीहरूले आफू एक्लो भएको महसुस नगरुन् ।

नेपालको वर्तमान कानुन तथा नीति नियम आदिले पनि पाका मानिसहरूलाई महत्वपूणर् स्थान प्रदान गरेको छ । नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ । जस अन्तर्गत प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क गर्ने वा स्वास्थ्यमा सबैको समान पहुँच हुने भनिएको छ । यस अन्तर्गत शारीरिक वा मानसिक सबै स्वास्थ्य सेवालाई समेटिएको छ । संयुक्त राष्ट्र संगको साधारण सभाले १६ डिसेम्बर १९९१ मा घोषणा गरेको स्वतन्त्रता, हेरचाह, आफैंमा पूणर्ता, प्रतिष्ठा र सहभागिता गरि ५ वटा सिद्धान्तहरू उत्तिकै महत्वपूणर् छन् । जसमध्ये सहभागिता अन्तर्गत समाजसँग मिलेर बस्ने, आफ्नो भलाईका लागि प्रत्यक्ष रुपमा प्रभाव पार्ने नीतिहरूको निर्माण र कार्यान्वयनमा सक्रिय रुपमा सहभागी हुने र आफू पछिका पुस्ताको ज्ञान तथा सीप बढाउन सहभागी हुने, आफ्नो रुची र क्षमता अनुसार उपयुक्त हुने गरी स्वयंसेवी भई समुदायलाई सेवा पुर्‍याउन अवसरहरूको खोजी र विकाश गर्ने साथै पाका मानिसहरूका लागि संघ संगठनहरू तयार गरी प्रचार प्रसार गर्ने जस्ता कुराहरू रहेका छन् ।

जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ ले जेष्ठ नागरिकलाई सम्मान गर्नु सबैको कर्तव्य हुनेछ, आफ्नो आर्थिक अवस्था र ईज्जत आमद अनुसार पालन पोषण हेरचाह गर्नु परिवारको प्रत्येक सदस्यको कर्तव्य हुनेछ । नेपाल सरकार वा कानुन बमोजिम स्थापित संस्थाले कुनै क्षेत्रमा विशेष योग्यता तथा अनुभव हासिल गरेका जेष्ठ नागरिकबाट सेवा लिन सक्नेछ र यसरी सेवा लिए वापत निजलाई त्यस्तो संस्थाले उचित पारीश्रमिक उपलब्ध गराउने कुरा कानूनमा व्यवस्था गरेको छ । एउटा व्यक्तिलाई मानसिक रुपमा स्वस्थ राख्न यी सबै पक्षहरू हुनु आवश्यक रहेको देखिन्छ ।

कानुनको निर्माण गरेर वा कानुनी अधिकार भएर मात्र हुँदैन, ती कानुन प्रदत्त अधिकारहरूको सही ढंगले कार्यान्वयन हुनु जरुरी छ । अब बेला आइसकेको छ हामी सबैले जागरुक भई आजका पाका मान्छेहरूका हरेक समस्याहरूलाई लिखित रुपमा मात्र रहेको कानुनी पाटोबाट कार्यान्वयनको बाटोमा ल्याई समाधानको उपाय रोज्दै जानु आवश्यक छ । जेष्ठ नागरिकका हरेक समस्याहरूलाई कानुनी दायरामा ल्याई उपचारको व्यवस्था गर्नु भनेको भोलि हाम्रो बुढ्यौलीको बाटो समेत सजिलो बनाउनु हो । यसका लागि पाका मानिसहरूलाई जीवन उपयोगी तालिम र ऋणको व्यवस्था, उपचार पद्धति र कार्यका लागि सहयोग, सम्पतीमाथि उनीहरूको हकको कार्यान्वयन र सहुलियतको व्यवस्था जस्ता कुराहरूमा सहभागिता गराई उनीहरूको जीवनलाई सक्रिय र सरस बनाउन सकिन्छ । जसले गर्दा पाका मानिसहरू जीवन कष्टमय हुनबाट बचाउन सकिन्छ । यी सबै कुराहरूमा सन्तुलन मिलाउनु भनेको मानसिक स्वास्थ्यलाई स्वस्थ बनाउनु हो । समाजमा रहेका हरेक पाका मानिसहरूलाई कानुनसँग परिचित गराउनु र कानुनी प्रकृयामा ल्याउनु हामी सबैको दायित्व र राज्यद्वारा प्रदान भएको अधिकार पनि हो ।

अन्ततः सरकारी तवरबाट सबै पाका व्यक्तिहरूलाई निःशुल्क शारीरिक वा मानसिक स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने र सञ्चार माध्यमहरूले पनि पाका मानिसहरूका मानसिक स्वास्थ्य तथा हक हित र कानुनी सेवालाई प्राथमिकता दिनुपर्दछ । परिवार तथा समुदायमा पाका मानिसहरूलाई सम्मानजनक रुपमा राख्न सधैं आदरार्थी र सम्मान सूचक शब्दको प्रयोग गरी त्यहि अनुरुप व्यवहार गर्ने, परिवारका सदस्यले गाली बेईज्जती, तिरस्कार र घृणा नगरी तनावरहित वातावरणमा खुसी बनाउनु पर्दछ । घर तथा छिमेकका केटाकेटीलाई पाका मानिसहरूसँग समय बिताउन प्रोत्साहन गर्ने, मनोरञ्जन प्रदान गर्नुको साथै हलुका शारीरिक व्यायाम गराउने र सन्तुलित भोजनको व्यवस्था गर्ने साथै एकान्तमा झोक्राएर बस्न नदिने । आफ्ना परिवारका पाका मानिसहरूमा यस प्रकारका मनोसामाजिक समस्याहरू देखिएमा मनोविमर्शकर्ता वा मनोचिकित्सकहरूसँग सल्लाह लिने र आवश्यक परेमा समयमा नै उपचार गराउनु पर्दछ भने समुदायका अन्य व्यक्तिहरूलाई पनि यसप्रति सजग गराई मानसिक स्वास्थ्यका बारेमा जानकारी गराउने हो भने पक्कै यस्ता समस्याहरूलाई निराकरण गर्दै लैजान सकिन्छ । यसकारण मनोवृत्ति भनेको ‘सानो’ चीज हो जसले ठूलो फरक पार्छ ।

०००
पौडेल मनोविमर्शकर्ता एवम् अधिवक्ता हुनुहुन्छ ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जेष्ठ नागरिकको हक हितमा स्थानिय जेष्ठ नागरिक समिति

जेष्ठ नागरिकको हक हितमा...

मञ्जुकुमारी पाैडेल
बुढ्यौलीमा समानता

बुढ्यौलीमा समानता

मञ्जुकुमारी पाैडेल
पाका मानिस सम्बन्धी स्थानिय तहको कानूनी दायित्व

पाका मानिस सम्बन्धी स्थानिय...

मञ्जुकुमारी पाैडेल
जेष्ठ नागरिकको पालन पोषण र उजुरी सम्बन्धी कानूनी व्यवस्था

जेष्ठ नागरिकको पालन पोषण...

मञ्जुकुमारी पाैडेल
पाका बाआमाका अनौठा समस्या !

पाका बाआमाका अनौठा समस्या...

डा. मुकेशकुमार चालिसे
बुढापाकाको खानपान

बुढापाकाको खानपान

वासुदेव गुरागाईं
पाका मान्छेमा पेटका अलमलिने समस्या !

पाका मान्छेमा पेटका अलमलिने...

डा. मुकेशकुमार चालिसे