सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ङार्रङुर्र

स्थिति यदि यसखाले हुन्छ ता होस गर्नू हस र हुस कसैका पक्ष लागी नगर्नू बरु सुरुसुरु आफ्नै नीडमा भित्र घुस्नू झटपटसित ढोका बन्द आग्लो घुसार्नू ।

Nepal Telecom ad

कुकुर अनि बिराला गर्दछन् ङार्रङुर्र
वरपर जन हुन्छन् भीतिले थर्रथर्र
चलफिर पनि गर्ने काम गर्नै दिँदैनन्
दुर दुर जति बोलौँ मान केही लिँदैनन् ॥१

यदि यसतिर लागूँ झम्टिने छन् उताका
उसतिर उभिएमा छन् चिथर्ने यताका
यदि पर पर हट्तै बीचमा गै बसेमा
जिउभर दुइटैको मारले हुन्छ धामा ॥२

स्थिति यदि यसखाले हुन्छ ता होस गर्नू
हस र हुस कसैका पक्ष लागी नगर्नू
बरु सुरुसुरु आफ्नै नीडमा भित्र घुस्नू
झटपटसित ढोका बन्द आग्लो घुसार्नू ॥३

हरदम झगडाको हेतु हो त्यक्त हाड
जुन कुकुर बिराला निम्तिमा हो पहाड
तर बुध जनलाई लालसा हुन्न केही
यसतिर मुख मोडी बस्छ केही नहेरी ॥४

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
जुठो हाड खाऊ

जुठो हाड खाऊ

रमेश खकुरेल
बिजुली पानी

बिजुली पानी

रमेश खकुरेल
म त भार भएँ

म त भार भएँ

रमेश खकुरेल
दलाल

दलाल

रमेश खकुरेल
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
के बेच्न बाँकी छ र !

के बेच्न बाँकी छ...

हरिप्रसाद रिमाल
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख