साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ङार्रङुर्र

स्थिति यदि यसखाले हुन्छ ता होस गर्नू हस र हुस कसैका पक्ष लागी नगर्नू बरु सुरुसुरु आफ्नै नीडमा भित्र घुस्नू झटपटसित ढोका बन्द आग्लो घुसार्नू ।

Nepal Telecom ad

कुकुर अनि बिराला गर्दछन् ङार्रङुर्र
वरपर जन हुन्छन् भीतिले थर्रथर्र
चलफिर पनि गर्ने काम गर्नै दिँदैनन्
दुर दुर जति बोलौँ मान केही लिँदैनन् ॥१

यदि यसतिर लागूँ झम्टिने छन् उताका
उसतिर उभिएमा छन् चिथर्ने यताका
यदि पर पर हट्तै बीचमा गै बसेमा
जिउभर दुइटैको मारले हुन्छ धामा ॥२

स्थिति यदि यसखाले हुन्छ ता होस गर्नू
हस र हुस कसैका पक्ष लागी नगर्नू
बरु सुरुसुरु आफ्नै नीडमा भित्र घुस्नू
झटपटसित ढोका बन्द आग्लो घुसार्नू ॥३

हरदम झगडाको हेतु हो त्यक्त हाड
जुन कुकुर बिराला निम्तिमा हो पहाड
तर बुध जनलाई लालसा हुन्न केही
यसतिर मुख मोडी बस्छ केही नहेरी ॥४

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
रगत रातो छ

रगत रातो छ

तेजप्रकाश श्रेष्ठ
म

एमपी पाण्डे
मिलाउनेले गाउँ त के देशै खाने भो

मिलाउनेले गाउँ त के...

रणबहादुर बुढाथोकी ‘भैया’
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x