साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाईं पनि अमेरिका जाने ?

तपाईं विदेश गएन भने हाम्रो उन्नति हुँदैन त्यसैले देशको विकास होला भन्ने आशमा नबस्नुस् यहाँको यो गन्जागोलमा तपाईं नफस्नोस् अमेरीका जान डेराडुन्डी कस्नुस्

Nepal Telecom ad

अमेरिका जाने ?
बार्गर पिजा खाने ?
आउनुस् हामी तपाईंलाई
सके विद्यार्थी भिसामा
त्यो नभए डिभीको किस्सामा
कि समुन्द्र तराएर
कि हवाइजहाज चढाएर पठाइ दिन्छाँै
त्यो पनि भएन
भुटानी शरणार्थीको टिकट कटाइ दिन्छौँ
आउनुस् तपाईंलाई जसरी नि पठाइ दिन्छौँ ।

यसकै लागि त हामी नेता भाको हो
यस्तै गरेर हामी धनी भाको हो
यस्तो देश के बस्नु हुन्छ ?
तपाईंको बाउ त फसे फसे
तपाईं यो देशमा किन फस्नु हुन्छ
आउनुस् उतै जानुस्
बिहे गरेको भए श्रीमतीलाई नि लानुस्
सिङ्गल भए बाआमा लिएर जानुस्
तपाईंलाई आज कुरा क्लेर भनिदिन्छु
हामी जतिपल्ट मन्त्री भए पनि कुनै विकास गर्ने हैन
जागिर, रोजगारीको कुनै निकास गर्ने हैन
साँच्चै गर्ने भए त हामी पाँच वर्षमा गर्दिन्छम्
चाइनाले गर्‍यो, भारतले गर्‍यो
हामी किन गर्न नसक्ने
तर हामी विकास गर्दै नगर्ने
बरु यस्तै यस्तै गरेर बोरा भर्ने
विकास गर्‍यो भने तपाईं विदेश जानु हुँदैन
तपाईं विदेश गएन भने हाम्रो उन्नति हुँदैन
त्यसैले
देशको विकास होला भन्ने आशमा नबस्नुस्
यहाँको यो गन्जागोलमा तपाईं नफस्नोस्
अमेरीका जान डेराडुन्डी कस्नुस्

यहाँको सिस्नो, ढिँडो कसले खान्छ ?
छोरो चट्ट परेर शरणार्थी बनेर जान्छ
उता गएर हुस्की बियर सुकुटी खान्छ
बरु भन्नुस् को को जान्छ ?

०००
घट्टेकुलो, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x