साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता भए बोझ

जता पायो उतै तिमी हसुर्न नै जाने जनताको टाउको कठै कैलेसम्म खाने ! ठुला बडा गर्छन् सधैँ भोज अनि मोज भन्न थाले जननेता भए कति बोझ !

Nepal Telecom ad

नाराबाजी गर्दै यता गणतन्त्र आयो
नपाउनेले के के पायो बोक्रैसँग खायो ।
सबै सेटिङ गरी गरी चुनिएर आयौ
झुक्याएर नारा दिँदै नयाँ कोट लायौ ।

बन्छ बन्छ अनि ढल्छ अस्थिर छ मियो
माग्ने बनी सधैँ भरि मगाउँछौ सियो ।
जसरी नि सत्ता तिम्रो जे गरे नि भत्ता
लगाउँछौ तिमी फेरी लाख पर्ने जुत्ता ।

जनताको नाम लिई जनता नै मार्ने
बहानाको दाउ लगाइ आफैँ हजम पार्ने ।
ऐया भएँ भन्दै तिमी विदेशैमा जान्छौ
रेमिट्यान्स उठ्छ तर म्याउँ गर्दै खान्छौ ।

जता पायो उतै तिमी हसुर्न नै जाने
जनताको टाउको कठै कैलेसम्म खाने !
ठुला बडा गर्छन् सधैँ भोज अनि मोज
भन्न थाले जननेता भए कति बोझ !

०००
२०८० वैशाख २४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x