साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी

हामी हामी जस्तै छैनौ हाम्रो जिब्रो हाम्रो जस्तो छैन हाम्रो हिडाई हाम्रो जस्तो छैन किनकी, हामी अरु जस्तै हुन मन पर्छ

Nepal Telecom ad

हामी हिड्छौं र खुट्टा बिर्सन्छौं
हामी बोल्छौं र भाका बिर्सन्छौं
हामी लौरो बिना हिडनै सक्दैनौ
हामी आफै कहिल्यै बोल्नै सकेनौ
हामी कहिल्यै आफै हिंड्नै जानेनौ
हामी कहिल्यै आफै बोल्नै जानेनौ
हामी कहिल्यै आफै बोल्नै सिकेनौ
हामी कहिल्यै आफै हिड्नै जानेनौ
हामी कहिल्यै आफै हिडनै सिकेनौ
किनकी हामी अरु बन्न सिक्यौं
हामी अरुमै रमायौं
अरुकै बैशाखी समायौं
हामी आफ्नोपनमा सर्मायौं
हामी आफ्नोपनमा लजायौं
हामी अपनत्वमा चुक्यौं
हामी अरुकै भकारीमा झुसियौं
आफ्नै खेतबारी भरि अर्ग्यानिक नचिनेर
हामी प्याकेट भित्र निस्सासिदै ढुस्सियौ
त्यसैले,
आज अनि आजसम्म पनि
हामीले हामी चिनेनौ कहिल्यै
भुलियौ क्षणिक खुशीमा जहिल्यै
लुटियौ भित्र भित्रै आफ्नै कारणले जहिल्यै
र भुटियौ मीठो खाने लोभमा जहिल्यै
हामी पुच्छर बनेर ईसारामा हल्लि रह्यौं
हामी बैशाखि बनेर हिडी रह्यौं
अरु घोडा चड्छन आफू धुरी चढी रह्यौं
हामी बेसारा बनेर नाची रह्यौं
हामी सुगा बनेर अरुकै बोली बोली रह्यौं
हामी आफू हैन अरुकै मन पराउँछौ
ढिडो गुन्द्रुक भने पछि नाक खुम्च्याउँछौ
मिलेट ब्रेड चाहिँ फुकै सम्ठ्याउँछौ
हामी आयातित भने पछि हुरुक्कै हुन्छौं
अर्ग्यानिक भने पछि छक्क पर्छौ
हामी हुने काममा पछि भन्छौ
नहुने काममा अघिअघि सर्छौ
तिमी त अमेरिकन जस्तो भन्दा मख्ख पर्छौ
नेपाली जस्तो छौ भन्दा झगडा गर्छौ
त्यसैले,
हामी हामी जस्तै छैनौ
हाम्रो जिब्रो हाम्रो जस्तो छैन
हाम्रो हिडाई हाम्रो जस्तो छैन
किनकी, हामी अरु जस्तै हुन मन पर्छ
हामीलाई अरुकै मात्र मन पर्छ
नाकाबन्दिमा हामी ग्यासको लाईनले
गिनिज बुक अफ वर्ल्ड रिकर्डमा नाम लेखाउँछौ
आफ्नो धोती खुस्केको चाल पाउदैनौ
अरुको टाँक खुस्केको देखाउँछौ
अरु घोडा चढ्छन् हामी धुरी चढेर हसाउँछौ
मामाको घोडा भनिजको हिहि गर्छौ
बस् हामी नहुने नहुने कुरा गर्छौ
र दुनियाँ हसाउँछौ
आफ्नो नाम छोपेर
छिमेकीको नामबाट आफूलाई चिनाउँछौ ।

हाल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कमरेड

कमरेड

प्रेम राई ‘परीक्षित’
भगवान्, मलाई शिक्षक बनाइदेऊ !

भगवान्, मलाई शिक्षक बनाइदेऊ...

प्रेम राई ‘परीक्षित’
बन्सोको साम्राज्य

बन्सोको साम्राज्य

प्रेम राई ‘परीक्षित’
शालिकको आव्हान

शालिकको आव्हान

प्रेम राई ‘परीक्षित’
राज्यको खुराफाती

राज्यको खुराफाती

प्रेम राई ‘परीक्षित’
भष्मासुरको अन्त्य

भष्मासुरको अन्त्य

प्रेम राई ‘परीक्षित’
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x