साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रतिप्रश्न

थरीथरीका नाम र शब्दावलीले जनता झुक्याएर पद, पावर र पैसाको लागि आमालाई च्याखे थाप्ने कुप्रथा बसिसक्यो ।

Nepal Telecom ad

“तँसँग सबैथोक छ । सुखको सगरमाथा सामुन्नेमा खडा छ । आनन्दको महासागर उल्टेको छ । तथापि तेरो वाणीमा घनघोर असन्तुष्टिको कराल पहाड लमतन्न छ । यसको कारण बुझ्न सक्छु ?”

भूमिकासहितको वीरेन्द्र सरको प्रश्नको सटीक जवाफ दिन मन थियोे । मेरो मुखबाट उत्तर पनि बाहिरिन तँछाडमछाड गरिरहेको थियोे । तथापि गुरुसँग हत्तपत्त सवालजवाफ गर्नुहुन्न भनेर म चुपचाप थिएँ ।

“अरे यार, अब तँ हामी वरावर भइस् । अझ नयाँ ज्ञानगुणले उछिन्न लागिस् । अब त सोधेको प्रश्नको चाँडोभन्दा चाँडो उत्तर दे ।“ वीरेन्द्र सरले आफ्नो अडान दोहोर्याइरहे ।

मैले डिग्रीसम्म पढेको थिएँ । माध्यमिक तहको स्थायी शिक्षक कहलाएको थिएँ । घरपायक पर्ने आफू पढेकै विद्यालयमा सरुवा हुन पाएको थिएँ । पुर्खाको जायजेथा मनग्ये थियोे । जताततै जोसुकैले मानमर्यादा गर्थे । मेरो गुणगान गाउँथे । मलाई गाउँकै इज्जत ठान्थे । आफ्ना सन्तानलाई “तँइले उः त्यो विष्णुप्रसाद बाजेको छोराजस्तो हुनुपछ” भनेर मलाई देखाउँथे ।

“अबदेखि म जवाफ नपाउने सवाल नै गर्दिनँ तँसँग ।” यस पटक भने वीरेन्द्र सरको मलिन बोली सुनेर मैले मन खोल्नै पर्यो ।

म भन्न थालेँ; “मसँग भएका सुखसन्तोषका कुरा थोरै नेपालीसँग मात्रै छ । बहुसंख्यक नेपाली त दुःखपीडा तनतनी पिउन वाध्य छन् ।”

म थप्दै गएँ; “पुर्खाले जोगाएको र हामीले प्राणझैँ मानेको प्रतिष्ठा र स्वाभिमान लिलाममा छ यतिबेला । थरीथरीका नाम र शब्दावलीले जनता झुक्याएर पद, पावर र पैसाको लागि आमालाई च्याखे थाप्ने कुप्रथा बसिसक्यो । अनि भन्नुस् त सर, म कसरी सुखी र खुशी हुनसक्छु ?”

२०७८/१२/०३ उदयपुर ।
हाल- गोलबजार-४, सिरहा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उज्यालो

उज्यालो

नन्दलाल आचार्य
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
आपतको आँकलन

आपतको आँकलन

रामकृष्ण ढकाल
उज्यालो

उज्यालो

नन्दलाल आचार्य
उत्तर हराएको देशमा प्रश्न उद्योगको उज्ज्वल भविष्य

उत्तर हराएको देशमा प्रश्न...

दामाेदर न्याैपाने
आरती हात्ती र पुरस्कार खेती

आरती हात्ती र पुरस्कार...

चिरञ्जीवी दाहाल
0
Would love your thoughts, please comment.x
()
x