साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोकतन्त्र कि भोकतन्त्र !

विडम्बना ! सबै भन्छन्—देशमा लोकतन्त्र छ लाखौँका घरमा लाग्छ परन्तु भोकतन्त्र छ !

Nepal Telecom ad

बिरामी, ओखती खोज्छु खती भोग्छु सधैं अति
नसप्रे मति मान्छेको सप्रला कसरी गति ?
उपती छैन, गर्दैन, पोयो प्रगतिको छिन्यो
हार खाएर मान्छे यो संहारक बनी हिँड्यो

सँभार गर्नुपर्ने हो संहार खोज्छ, रोज्दछ
विचार गर्नुपर्ने हो प्रचार मात्र खोज्दछ
वनस्पति सक्यो कैयौं, भन्छ- छुन्छु वृहस्पति
खेदो प्रकृतिको खन्दा आफ्नै बिग्रिसक्यो स्थिति

महासंग्राम निम्त्याई हाँस्न खोज्दछ, दङ्ग छ
धरतीमै बसी रूप धरतीको बिगार्दछ
नजानेको भनूँ गर्छ— ज्ञान- विज्ञानका कुरा
जानेको छ भनूँ—आफ्नै जान्दैन घरका कुरा

‘पानी जीवन हो’—भन्छ, पानीमै ढल हाल्दछ
घर, आँगनको थुप्रो मल हाल्छ, पखाल्दछ ।
वन जङ्गलले रोक्छ, बाढी, पैरो र भूक्षय
भन्छ, काटेर, मासेर- खोज्छ जीवनमा जय

जे जे नगर्नुपर्ने हो गर्छ खालि त्यही त्यही
गर्नुपर्ने कुरा छोडी बन्न खोज्दछ त्यो जयी
विडम्बना ! सबै भन्छन्—देशमा लोकतन्त्र छ
लाखौँका घरमा लाग्छ परन्तु भोकतन्त्र छ !

त्यै भोकतन्त्र बेचेर सजायौंँ लोकतन्त्र कि !
या लोकतन्त्रकै निम्ति बचायौंँ भोकतन्त्र कि !
भागमा जनतालाई परेछ भोकतन्त्र यो !
नेता, नजिककालाई परेछ लोकतन्त्र त्यो !

पाल्पा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
म, कान्छोमामा र उखानहरू

म, कान्छोमामा र उखानहरू

डिल्लीराज अर्याल
फेरि पनि उस्तै …ज्ञानम् ज्ञाने ज्ञानानि

फेरि पनि उस्तै …ज्ञानम्...

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
नयाँ नेपाल कन्या कपाल !

नयाँ नेपाल कन्या कपाल...

डिल्लीराज अर्याल
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x