सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पारिजात सिर्जन सम्मान घोषणा

स्मृति केन्द्रका महासचिव मातृका पोख्रेलले एक विज्ञप्ति जारी गरी पारिजातको स्मृति दिवसको अवसरमा २०७८ को बैशाख ५ गते यी सम्मान अर्पण गरिने बताउनु भयो ।

Nepal Telecom ad

काठमाडौँ— पारिजात स्मृति केन्द्रले साहित्यकार पारिजातको ८८ औं जन्मजयन्तीका अवसरमा विभिन्न विधाका सम्मानको घोषणा गरेको छ । केन्द्रका अनुसार कवि विनोदविक्रम केसीलाई पारिजात सिर्जन सम्मान- २०७८ प्रदान गरिने भएको छ ।

केसीका ‘भोकको क्षेत्रफल’ कवितासंग्रह र ‘भेन्टिलेटरमा आमा’ निबन्धसंग्रह प्रकाशित छन् । अनुवाद र सम्पादनमा पनि आबद्ध उनको सहअनुवादमा अरुन्धती रोयको किताब ‘ती विद्रोही ती महात्मा’ प्रकाशित छ ।

यसैगरी, बालसाहित्य सम्मानबाट प्रा.भिक्टर प्रधान, पारिजात कला सम्मानबाट कलाकार देवेन्द्र थुम्केली, पारिजात संघर्षशील नारी सम्मानबाट संघर्षशील महिला उमा गुरुङ राई सम्मानित गरिने भएको छ ।

स्मृति केन्द्रका महासचिव मातृका पोख्रेलले एक विज्ञप्ति जारी गरी पारिजातको स्मृति दिवसको अवसरमा २०७८ को बैशाख ५ गते यी सम्मान अर्पण गरिने बताउनु भयो ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad