साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सजिलो उपाय

खोला कि वा बगर शैल कि धातु बेच आमा दिदी र बहिनी परिवार बेच जोद्धा बलिष्ठ भुज पाउ दिमाग बेच ।

Nepal Telecom ad

अड्डा अदालतहरू किन चाहिए र
नेताहरूसित मिले डर के भयो र
जस्तै कुकर्म गर रत्ति डरै नमान
पार्टी कुनैसित मिले बचिनेछ जान ।।

पैसा कुरुस्त छ भने अलि बाँड चन्दा
आउन्न सामु कहिल्यै पनि ऐन फन्दा
केही करोड दिइए भवनै पुगिन्छ
राम्रो छ सांसद भनी सबले चिनिन्छ ।।

कुर्सी फुटाल सुरयन्त्र लिएर भाँच
रक्सी पिएर गर ताण्डव खूब नाच
मन्त्री हुने छ सजिलो यति नै उपाय
खोलै समान धनको अनि हुन्छ आय ।।

जे बेच्न लाग्छ मन मोल लिएर बेच
खोला कि वा बगर शैल कि धातु बेच
आमा दिदी र बहिनी परिवार बेच
जोद्धा बलिष्ठ भुज पाउ दिमाग बेच ।।

मर्ने लुरे मरिरहून् किन गर्नु चिन्ता
के नाम भो मुलुकको किन राख्नु लण्ठा
आफै मजा गर यहाँ नभए विदेश
भागी गई बस भनेर उही स्वदेश ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x