साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेलमेट

निर्वाचन व्यवस्थापनको जिम्मा लिएको निकायले उनीहरूको कानको सुरक्षाका लागि यस्तो व्यवस्था गरिएको जानकारी दियो ।

Nepal Telecom ad

एक्कासि लाखौँको सङ्ख्यामा हेलमेट बिक्री भएपछि बजारका सबै हेलमेट व्यापारीमा हर्षको सीमा रहेन । हेलमेट व्यापार गर्न थालेपछिको सबैभन्दा खुसीको क्षण थियो यो उनीहरूका लागि ।

निर्वाचनमा खटिएका कर्मचारीहरू पनि फिर्ता गर्नु नपर्ने शर्तमा हेलमेट पाएपछि त्यसै दङ्ग थिए । हेलमेट पाएपछि मोटरसाइकल हुने त त्यसै दङ्ग हुने नै भए, मोटरसाइकल नहुने पनि त्यत्तिकै खुसी देखिए । उनीहरूको खुट्टाले भुइँ छोड्यो ।

निर्वाचनमा खटिएको नियुक्तिपत्र पाउनासाथ उनीहरू एकसाथ हेलमेटका पनि मालिक बने । यसरी वितरित सबै हेलमेटको रङ एकै भएकाले यी हेलमेटधारीको लस्कर एकातिर देख्नमा निकै आकर्षक थियो भने अर्कातिर आम सर्वसाधारण यिनलाई देख्नेबित्तिकै निर्वाचन कर्मचारी भनेर चिनिहाल्थे ।

यी कर्मचारीलाई हेलमेट उपलब्ध गराउनुअघि ‘तपाईंहरूले यो हेलमेट नियुक्तिपत्र बुझेपछि निर्वाचनपछि हुने मतगणनाको कार्य सम्पन्न नभएसम्म हिँड्दा, बस्दा, खाँदा, सुत्दा जतिखेर जुनसुकै अवस्थामा पनि लगाएको हुनुपर्ने छ’ भन्ने शर्त सुनाइएको थियो । राजनीतिक दलहरूले आफ्ना सांसद्हरूलाई बेलाबखत लगाएको ह्वीपभन्दा पनि चर्को थियो यो शर्त ।

निर्वाचनमा खटिने कर्मचारीलाई यसरी हेलमेट उपलब्ध गराएको सम्बन्धमा केही पत्रकारले सुसूचित हुन चाहे । पत्रकारहरूको पटकपटकको आग्रहपछि निर्वाचन व्यवस्थापनको जिम्मा लिएको निकायले उनीहरूको कानको सुरक्षाका लागि यस्तो व्यवस्था गरिएको जानकारी दियो । यस जबाफबाट पत्रकारहरू झनै अलमलमा परे र थप प्रस्ट हुन चाहे । निर्वाचन व्यवस्थापन गर्ने निकायले गतः निर्वाचनमा राजनीतिक दलका कार्यकर्ताद्वारा एक कर्मचारीको कान काटिएकाले सबै कर्मचारीको कानको सुरक्षाका लागि यस्तो व्यवस्था गरिएको प्रस्ट पारे ।

यस्तो जबाफले पत्रकारहरू झनै अलमलमा परे । त्यत्तिकैमा अर्को एउटा पत्रकारले विगतको निर्वाचनमा मतगणनास्थलमा कोही कसैले मतपत्र खोसेर चपाइदिएपछि अहिलेको निर्वाचनमा मतगणनास्थल सबैतिर सुरक्षाका लागि तार जालीको व्यवस्था गरिएको सम्झाएपछि अलमलमा परेका पत्रकारहरूले मुसुक्क हाँसेर ‘ए !’ भन्दै एकसाथ टाउको हल्लाए ।

२०७९/२/२
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x