साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म पनि तिमी जस्तै

खैनीको तलतल लागेर हैरान भैसकें, बरु खै एक फ्वाँक देऊ त ।

Nepal Telecom ad

एकजना बेरोगारले कामका खोजी गर्दै जाँदा चिडियाघरका भित्तामा कामदारको आवश्यकता भन्ने सेतो कागज टाँसेको देखेछन् । सजिलो काम, बाघको छाला ओढेर दिनभरि खोरमा बस्नुपर्ने । बाघका दर्शनार्थीको रहर बुझेर बेला बेला गुर्जिंदै वरिपरि लमक लमक घुमिदिनुपर्ने, काम त्यति नै थियो ।

यो मस्तीको जागिर उनले धेरै वर्ष खाए । जागिरेका आआफ्ना कथाव्यथा हुन्छन् । उनको पनि छ । एक दिन चारो हाल्ने मानिसले सिंहको खोरको आग्लो लगाउनै बिर्सेछ । सिंह लमक लमक लम्किँदै आयो । नजिकै आइपुग्यो ।

अब बितायो, उनको सातो गयो । स्थानीय निर्वाचन आइसकेको छ, कुनै उम्मेदवारका बाघ जस्ता साहसी त कुनै उम्मेदवारका सिंह जस्ता बलिया कुरा बेलाबेला सुनिदै थियो । भोट फलानालाई अमुकलाई भनेर गुन्दै थिए ।

ज्यानभन्दा जागिर ठूलो होइन, भोट दिनकै लागि पनि ज्यान जोगाउनुपर्छ भन्ने सोचेर गुहार गुहार भन्नै आँटेका थिए । सिंहले भन्यो— म पनि तिमी जस्तै हुँ, नकराऊ न । खैनीको तलतल लागेर हैरान भैसकें, बरु खै एक फ्वाँक देऊ त ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
फित्कौली बा

फित्कौली बा

तिलक लुइटेल
उपहारको भारी

उपहारको भारी

तिलक लुइटेल
कलब्रेक जिन्दगी

कलब्रेक जिन्दगी

तिलक लुइटेल
मेरो अवसर

मेरो अवसर

तिलक लुइटेल
एउटा सपना

एउटा सपना

तिलक लुइटेल
ढुङ्गो छुँदा सुन

ढुङ्गो छुँदा सुन

तिलक लुइटेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x