साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनाव आएपछि

जथाभावी बोल्न थाल्छन् बोल्न पाएपछि सपनाको खेती हुन्छ चुनाव आएपछि ।

Nepal Telecom ad

नमस्कार चैं पाइयो हजुर चुनाव आएपछि
मज्जा नाचियो गाइयो हजुर चुनाव आएपछि
पाँच बर्षमा एकपल्ट त मज्जै हुने रैछ
अरु के पो चाहियो हजुर चुनाव आएपछि ।

नेताजीले भन्नुभयो कुरा बनिराछ
विदेशीले बनाइदिन्छु हुन्छ भनिराछ
आमसभामा यस्तै कुरा सुन्न पाएपछि
अरु के पो चाहियो हजुर चुनाव आएपछि ।

रोजगारीको कुरा अरे पर्ख एकदुई बर्ष
छोरी ज्वाईं साला जेठान मिलाउँनु पर्छ
मिडियामा यस्तै कुरा गाउँमा छाएपछि
अरु के पो चाहियो हजुर चुनाव आएपछि ।

धाप मार्दै “के छ खबर ?” भन्दै आए नेता
अनुहार रैछ कालोकालो दाँत रैछन् सेता
भरे दिउँसो मतपत्रमा छाप लाएपछि
अर्कोपल्ट देखापर्छन् चुनाव आएपछि ।

कोही भने दायाँबायाँ अघिपछि सर्छन्
गोजी भर्न क्यारिकेचर गरे जस्तो गर्छन्
रक्सी मासु खसी कुख्रा खान पाएपछि
अरु के पो चाहियो हजुर चुनाव आएपछि ।

राजनीतिमा मतलब छैन भन्दै थिए गाउँमा
टाउको थिच्ने महङ्गी भो उपभोग्य भाउमा
नेताजीको अघिपछि कुद्न पाएपछि
केको मतलव हुँदैनथ्यो चुनाव आएपछि ।

यसैगरि बित्यो हजुर गते महिना साल
यति बर्ष बित्दा पनि फेरिएन हाल
जथाभावी बोल्न थाल्छन् बोल्न पाएपछि
सपनाको खेती हुन्छ चुनाव आएपछि ।

आशावादी बन्नैपर्छ जहिलेसुकै पनि
मत हाल्छौं लोकतन्त्रको हिमायती बनी
योग्य व्यक्ति बिचारेर छाप लाएपछि
अर्कोपल्ट फेरि जाउँला चुनाव आएपछि ।

गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
0
Would love your thoughts, please comment.x
()
x