सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चुनाव आएपछि

जथाभावी बोल्न थाल्छन् बोल्न पाएपछि सपनाको खेती हुन्छ चुनाव आएपछि ।

Nepal Telecom ad

नमस्कार चैं पाइयो हजुर चुनाव आएपछि
मज्जा नाचियो गाइयो हजुर चुनाव आएपछि
पाँच बर्षमा एकपल्ट त मज्जै हुने रैछ
अरु के पो चाहियो हजुर चुनाव आएपछि ।

नेताजीले भन्नुभयो कुरा बनिराछ
विदेशीले बनाइदिन्छु हुन्छ भनिराछ
आमसभामा यस्तै कुरा सुन्न पाएपछि
अरु के पो चाहियो हजुर चुनाव आएपछि ।

रोजगारीको कुरा अरे पर्ख एकदुई बर्ष
छोरी ज्वाईं साला जेठान मिलाउँनु पर्छ
मिडियामा यस्तै कुरा गाउँमा छाएपछि
अरु के पो चाहियो हजुर चुनाव आएपछि ।

धाप मार्दै “के छ खबर ?” भन्दै आए नेता
अनुहार रैछ कालोकालो दाँत रैछन् सेता
भरे दिउँसो मतपत्रमा छाप लाएपछि
अर्कोपल्ट देखापर्छन् चुनाव आएपछि ।

कोही भने दायाँबायाँ अघिपछि सर्छन्
गोजी भर्न क्यारिकेचर गरे जस्तो गर्छन्
रक्सी मासु खसी कुख्रा खान पाएपछि
अरु के पो चाहियो हजुर चुनाव आएपछि ।

राजनीतिमा मतलब छैन भन्दै थिए गाउँमा
टाउको थिच्ने महङ्गी भो उपभोग्य भाउमा
नेताजीको अघिपछि कुद्न पाएपछि
केको मतलव हुँदैनथ्यो चुनाव आएपछि ।

यसैगरि बित्यो हजुर गते महिना साल
यति बर्ष बित्दा पनि फेरिएन हाल
जथाभावी बोल्न थाल्छन् बोल्न पाएपछि
सपनाको खेती हुन्छ चुनाव आएपछि ।

आशावादी बन्नैपर्छ जहिलेसुकै पनि
मत हाल्छौं लोकतन्त्रको हिमायती बनी
योग्य व्यक्ति बिचारेर छाप लाएपछि
अर्कोपल्ट फेरि जाउँला चुनाव आएपछि ।

गौरादह, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
नयाँ वर्षमा

नयाँ वर्षमा

खगेन्द्र नेउपाने
हे भगवान !

हे भगवान !

खगेन्द्र नेउपाने
जतातिर हरियाे छ त्यतैतिर चर्नुपर्छ

जतातिर हरियाे छ त्यतैतिर...

खगेन्द्र नेउपाने
को हो त्यो ?

को हो त्यो ?

खगेन्द्र नेउपाने
रुख

रुख

खगेन्द्र नेउपाने
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
ओठ र च्यापु

ओठ र च्यापु

भीम गाैतम
सम्धी पुराण

सम्धी पुराण

घनश्याम रेग्मी
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)