साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म, स्वतन्त्र लौरो

हुल बाँधिएर आउनेहरू अघि, दस्ताबेजमा खाँदिएर आउनेहरू अघि म केवल स्वतन्त्र छु । हार होला जीत होला ! तर मेरो लौरो युगको नयाँ गीत होला ।

Nepal Telecom ad

म स्वतन्त्र छु,
मसँग एउटा लौरो छ ।
मेरो नाता गोता छैनन्
मेरा कार्यकर्ता छैनन्।
मेरो जन्म गाउँ पनि होइन,
म हुर्केको ठाउँ पनि होइन ।
कमाउन् नकमाउन्,
दल समाउन् नसमाउन्
म स्वतन्त्र छु ।
मसँग एउटा लौरो छ ।

मसँग झ्याप्पै दारी छ,
केवल पाखुरा र नारी छ,
अलिकति गिदी छ,
औंलामा अलिकति प्रविधि छ ।
बाँकि त जे छ,
मेरो पाइतालामुनि
अमूल्य निधि छ ।
तयारी नारा पनि छैन,
आकासबाट झार्नलाई तारा पनि छैन ।
३२ ओटा दाँत छन् बस्
अरुलाई चिथोर्ने नङ्ग्र्रा र
सहस्र बङ्गारा पनि छैन ।
संगठन पनि छैन,
गठन र विगठन पनि छैन ।
म सँग एउटा लौरो छ ।

मेरो भूगोल पनि छैन,
निश्चित गोल गर्ने पोल पनि छैन ।
बाँड्दै हिन्ने धन छैन,
फाँड्दै दिने वन छैन ।
मेरो वरिपरि जात पनि छैन,
भतेर लगाएको मासु भात पनि छैन ।
हेर्दा कोही मेरो होइन तर
छाम्दा मेरो लागि
मायालु मन छन् ।
प्रेमिल बचन छन् ।
मलाई कसैले बाँध्न सक्दैन
मलाई कसैले नुन खोर्सानी मोलेर
गुन्द्रुक जसरी साँध्न सक्दैन ।
म स्वतन्त्र छु
म सँग एउटा लौरो छ ।

दुःखीहरुले टेक्ने,
आक्रामक प्रहार छेक्ने,
भ्रष्टको ढाड सेक्ने,
प्रगतिको सपना देख्ने ।
यो लौरोले
सबैको माया पाउँदै गर्दा
कोही जादुको छडी भन्छन्
कोही समयको घडी भन्छन् ।
कसैले राजदण्ड भन्दिँदैछन्
कसैले भरिभन्ड भन्दिदैछन् ।
हुल बाँधिएर आउनेहरू अघि,
दस्ताबेजमा खाँदिएर आउनेहरू अघि
म केवल स्वतन्त्र छु ।
हार होला जीत होला !
तर मेरो लौरो
युगको नयाँ गीत होला ।

म स्वतन्त्र छु, हेर्दा एक्लै छु
तर जम्मै मेरो ममताका खानी बने,
विश्वासको जिन्दगानी बने ।

खाँदबारी, संखुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शब्दलाई सलाम ठोक्न

शब्दलाई सलाम ठोक्न

ताराबहादुर बुढाथोकी
आऊ, मानवताको देउराली रोपौँ !

आऊ, मानवताको देउराली रोपौँ...

ताराबहादुर बुढाथोकी
म यस्तो जमिनमा उभिएको छु !

म यस्तो जमिनमा उभिएको...

ताराबहादुर बुढाथोकी
वेदना पढ्न

वेदना पढ्न

ताराबहादुर बुढाथोकी
भत्काऊ !

भत्काऊ !

ताराबहादुर बुढाथोकी
अहँ, म प्रश्न सोध्दिन

अहँ, म प्रश्न सोध्दिन

ताराबहादुर बुढाथोकी
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x