साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सतर्क, तानाशाहहरू !!

त्यसरी नै चकनाचुर हुन्छन् जसरी शिकारीका सामु सिंह ढल्छ अनायास मस्त सुतेका बङ्गुर शासकहरू !

Nepal Telecom ad

अन्तर अनुभूतिको उछाल
मध्यान्तरको
सामुद्री किनाराझैँ
बुरुक्क उफ्रदा
-तानाशाहका अङ्कुशहरू
-बेइमानका बन्धनहरू
-बेमौसमी अलाप/विलापका रागहरू
-रागभित्रका सुरागहरू
र सुरागभित्रका कुरागसँगै
गाँठा पर्दै कुविचारका
जञ्जीर दाम्लाहरू
हुन्छन्
त्यसरी नै चकनाचुर
हुन्छन् जसरी
शिकारीका सामु
सिंह ढल्छ अनायास
मस्त सुतेका
बङ्गुर शासकहरू !
त्यसरी नै
-छोपिन्छन्
-उडाइन्छन्
जसरी मध्यान्नपछिको
सामुद्रीज्वार
-बगर ढाकेर बसेका
-सामथ्र्यरहित ठानेर बसेका
-जिस्काउँदै मयलमयलले
-जिउ माड्दै
-गिल्लिदै
-हाँस्दै/छिल्लिदै
-छिल्लिदै र हाँस्दै
-कपडा भिजाउँदै
-डुङ्डुङ्ती गनाएको मयलले
-फोहर गर्दै गरेका
-जमातमाथि जमातका
मान्छे हुत्याउँछ आफैसँग
पशुहरू
-चाहे जटाधारी हुन्
-चाहे छद्मभेषी
-चाहे हिंसा अघाएर
-पचाउन पल्टेका हुन्
-चाहे प्रकृति चेपेर मुखमा
भिजाउन तत्पर
गुलेलीले गिद्ध डराएझैँ
माथि माथि
आकाशमा ज्वार उछल्छ
शक्तितरङ्ग
-किनारा उफ्रन्छ
-पत्थर सर्छन् पछिल्तिर
-पहाड झुक्छन्
अर्फियसको बाँसुरीलेझैँ
न हेप
सानो तर पवित्र
जलतरङ्गलाई
देखियो –
अनाधिकारिक बन्दुक उफारेर
शक्तिसञ्चयको
आसन जमेको हिट्लर पनि
ग्याँसच्याम्बरको आगो
फेरिएर
चिता पोलियो
-कुल्कुलाउँदी प्रेमिकासँगै
आत्महत्याको जठराग्नि
कम थिएन
ग्याँसच्याम्बरभन्दा
बन्दूकको निशानमा
सान उफ्रेको
देखियो माओ तुजुक पनि
पत्नीद्वन्द्वको जठराग्नि
कम रहेन ग्याँसच्याम्बरभन्दा
स्टालिन मनमानसको
-नरसंहार
गोयवेल्सको अन्तर
कहालीलाग्दो अपराध
र यिनले भोग्दै गरेका
इतिहासका जठराग्नि पनि
कम रहेका छैनन्
ग्याँसच्याम्बरभन्दा
विश्वमै
कहालीको आगो रोपेर
अङ्गारको खेतीमा
देवत्वको आसन ताक्ने
तिम्रो
सामुमै छ ओसामाविन
सद्दाम घाँटीमा
लड्केको डोरी
तिम्रै आसनसामु
झुण्डिरहेछ
घाँटीको प्रतीक्षामा !!

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x