साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कालो गुफामा पसे

अर्काको धन खान वा मन चुँडी नारा अनेकौं घसे । लागे आज बिमानको सयरमा कालो गुफामा पसे ।

Nepal Telecom ad

मेरो यो मतले जितेर किन खै सञ्जाल सारा भरी ।
घुम्दै छौ घरमा बिचार नगरी आफन्त नाता छरी ।।
देख्दा लाज भयो लुकौं म कसरी छोपेर आँखा बसे ।
लागे आज बिमानको सफरमा कालो गुफामा पसे ।।

कस्ता शासक देख्छु यो मुलुकमा लोभी र पापी हरे ।
मेरो यो मत मूल्यहीन किन भो आश्चर्य आफैं परे ।।
आशा भाव कसे बसे जतनले तातो खरानी घसे ।
लागे आज बिमानको सयरमा कालो गुफामा पसे ।।

देख्दा पाण्डव भाइ झैँ छ शकुनी मोदी चुडायौ किन ।
प्रेमालाप गरेर बोल्छ अब को सामन्त आफै चिन ।।
आशादार मुना झरे बगरमा चित्कार नौला कसे ।
लागे आज बिमानको सयरमा कालो गुफामा पसे ।।

घृणा लाग्दछ पिप्पिका प्रियरणी दुर्गन्ध नौलो छरी ।
चारैतर्फ निराश यो मुलुकमा बस्दैछु एक्लै डरी ।।
ज्वाली छैन र अन्धकारमय यो यी स्वप्न सारा खसे ।
लागे आज बिमानको सयरमा कालो गुफामा पसे ।।

माछा बन्छ र तादुरी भन सखे के फूल काडा बने ।
आफ्ना चिन्दछु लौ चिने हृदयले सौ कोश टाढा बने ।।
चिल्ला भाषण रोप्छु बाग मनमा नारा अनेकौं घसे ।
लागे आज बिमानको सयरमा कालो गुफामा पसे ।।

प्राप्त्याशा मनमा भयो र जनता प्राकार आफै बनी ।
दाताको मतदानले दिनदिनै नेता बनेका धनी ।।
कैयौं दीन, गरीब देख्छु जनता भोका र नाङ्गा बसे ।
लागे आज बिमानको सयरमा कालो गुफामा पसे ।।

यस्ता मानवको बयान कसरी गर्छौ तिमी नै भन ।
निष्ठा बेच्छ सधैं मिले पद सबै लौ तोद आफै गन ।।
अर्काको धन खान वा मन चुँडी नारा अनेकौं घसे ।
लागे आज बिमानको सयरमा कालो गुफामा पसे ।।

पाटन २ सिलंगा, बैतडी
हालः-पहलमानपुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
सर्वज्ञानी

सर्वज्ञानी

हेमराज पन्त
कविको गुनासो

कविको गुनासो

हेमराज पन्त
नव दास

नव दास

हेमराज पन्त
संघीयता

संघीयता

हेमराज पन्त
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x