ताराबहादुर बुढाथोकीभ्रष्टको नाममा
स्वदेशी संस्कार सडाउँदै जाऊ, विदेशी बाइबल पढाउँदै जाऊ । हरेकपल्ट वेद र पुरण डढाउँदा, लाखौं लिङ्देन भिडमा पन्पिन्छन् ।

पेट्रोलको भाउ बढाउँदै जाउ,
गाडीको भाडा चढाउँदै जाऊ ।
हरेक पल्ट तेलको भाउ बढ्दा,
हजारौँ हर्क साम्पाङ जन्मन्छन् ।
स्वदेशी संस्कार सडाउँदै जाऊ,
विदेशी बाइबल पढाउँदै जाऊ ।
हरेकपल्ट वेद र पुरण डढाउँदा,
लाखौं लिङ्देन भिडमा पन्पिन्छन् ।
उपभोक्ता समितिमा बसेर,
भर्पाइ दादै मिलाउँदै खाँदै गर,
नैतिकताको बलि चढाउँदा,
सयौँ बालेन्द्र अन्मिन्छन् ।
दुई तिहाइ बहुमत तोड्दै जाऊ,
एकता सिसा झै फोड्दै जाऊ ।
माक्र्सवादलाई नातावादमा मोड्दै जाँदा,
समाजवादको बाटो छोड्दै जाँदा,
कौरोडौं लौरो टाउमा बजारिन्छ ।
महंगीको खास्टो ओड्दै जाऊ,
भ्रष्टाचारको फसल गोड्दै जाऊ,
ब्यक्तिगत सम्पत्ति जोड्दै जाँदा,
बर्गीय माया छोड्दै जाँदा,
टाउकामा आँपैआँप पछारिन्छ ।
इतिहास दुलोमा खँदारिन्छ ।
असहयोग गर्ने योजना बनाऊ,
आफ्नै खाल्डो आफै खनाऊ ।
जलेर आफै दन्दनाऊ,
अझै मजाले डुङ्ग गन्हाऊ ।
काम गर्न नदिने भनाउँदै गर्दा,
हारेको रिसमा रन्थनाउँदै गर्दा,
दौलतहरू पनि उदाइसक्छन्,
विकासको घोडा कुदाइसक्छन् ।
तेरो बाउको सम्पत्ति हो र थुन्छु भन्छस् ?
काम रोकी हिरो हुन्छु भन्छस् ।
मिलेर काम गरे देश बन्छ,
नगरे आर्यघाट तँलाई ले भन्छ ।
झन्डा सिद्धान्तको कात्रो बन्छ,
जनताले भ्रष्टको चिहान खन्छ ।
संखुवासभा
Subscribe
Login
0 Comments
Oldest







































