नन्दलाल आचार्यगुरु
अन्त्यमा उनले मेरो मुखमा भोटेताला मार्दै भने; “जोसँग जे छ, उसले त्यहीँ अरूलाई दिन्छ । बाँकी बचेको आफूसँगै राख्छ ।

“अरूजस्तो हुन खोज्दा मान्छे दुःखी हुन्छ । आफूजस्तो हुने हो भने मान्छे खुशी हुन्छ ।” यसो भनेर राजेशले मलाई सोचमग्न पारिदिए ।
यस्तो उत्तर पाउनु अघि मैले सोधेको थिएँ; “राजेशजी, जस्तोसुकै कठिन मोडमा पनि तपाईंको अनुहारमा क्रोध र निराशाको साटो हाँसो र उत्साह सल्बलाई रहेको हुन्छ । कारण ?”
अगाडि उनले थपेका थिए; “तपाईं सधैं खुशी र सुखी रहनुस् । तपाईंले त्यही पाउनुहुन्छ ।”
जवाफमा मेरो बोली फुट्यो; “आँसु पिएर हाँसो कसरी निस्कन्छ र ?“
मेरो प्रश्नले उनलाई घोचेछ । उनले मलाई नटुवा भने । कुसल अभिनय नगरे पेसागत रूपमा खुट्टा टेक्न नसक्ने बताए । समाजलाई रङ्गमञ्चको उपमा दिए । कुसल अभिनेता मात्रै समाजमा टिक्ने र बिक्ने बताए ।
अन्त्यमा उनले मेरो मुखमा भोटेताला मार्दै भने; “जोसँग जे छ, उसले त्यहीँ अरूलाई दिन्छ । बाँकी बचेको आफूसँगै राख्छ । तपाईं शिक्षा दिने मान्छेले खुशी जम्मा गर्नुस् । विद्यार्थीलाई त्यही बाँड्नुस् । बाँकी रहे आफ्नो भण्डारमा राख्नुस् ।”
२०७९/०२/१५ सिर्जनाकुटी, सिरहा ।
Subscribe
Login
0 Comments
Oldest








































