साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुरु

अन्त्यमा उनले मेरो मुखमा भोटेताला मार्दै भने; “जोसँग जे छ, उसले त्यहीँ अरूलाई दिन्छ । बाँकी बचेको आफूसँगै राख्छ ।

Nepal Telecom ad

“अरूजस्तो हुन खोज्दा मान्छे दुःखी हुन्छ । आफूजस्तो हुने हो भने मान्छे खुशी हुन्छ ।” यसो भनेर राजेशले मलाई सोचमग्न पारिदिए ।
यस्तो उत्तर पाउनु अघि मैले सोधेको थिएँ; “राजेशजी, जस्तोसुकै कठिन मोडमा पनि तपाईंको अनुहारमा क्रोध र निराशाको साटो हाँसो र उत्साह सल्बलाई रहेको हुन्छ । कारण ?”

अगाडि उनले थपेका थिए; “तपाईं सधैं खुशी र सुखी रहनुस् । तपाईंले त्यही पाउनुहुन्छ ।”

जवाफमा मेरो बोली फुट्यो; “आँसु पिएर हाँसो कसरी निस्कन्छ र ?“

मेरो प्रश्नले उनलाई घोचेछ । उनले मलाई नटुवा भने । कुसल अभिनय नगरे पेसागत रूपमा खुट्टा टेक्न नसक्ने बताए । समाजलाई रङ्गमञ्चको उपमा दिए । कुसल अभिनेता मात्रै समाजमा टिक्ने र बिक्ने बताए ।

अन्त्यमा उनले मेरो मुखमा भोटेताला मार्दै भने; “जोसँग जे छ, उसले त्यहीँ अरूलाई दिन्छ । बाँकी बचेको आफूसँगै राख्छ । तपाईं शिक्षा दिने मान्छेले खुशी जम्मा गर्नुस् । विद्यार्थीलाई त्यही बाँड्नुस् । बाँकी रहे आफ्नो भण्डारमा राख्नुस् ।”

२०७९/०२/१५ सिर्जनाकुटी, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
धन्यवाद हुजुर

धन्यवाद हुजुर

रामकृष्ण ढकाल
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x