साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वतन्त्रता ?

मानचित्रमा राता रगतका सीमा रेखाहरू किन बनायो ? पृथ्वी सबैको साझा घर होइन ? सबैले स्वतन्त्र घुम्ने स्वतन्त्रता किन छैन ? मैले थाहै नपाइ यो सब भैरहेछ ।

Nepal Telecom ad

ए !! के बूढो बूढो भन्छस् ?
चाख्लास ! तँलाई पनि बूढो भनेको दिन
तँलाई पनि बाबै भनेको दिन
भित्र मन कसरी कटक्क खाँदो रहेछ
थाहै नपाइ आँखा कसरी रसाएर जाँदो रहेछ
ए !! के बूढो बूढो भन्छस् ?

म जन्मँदा मलाई थाहै थिएन
मैले थाहै नपाइ मेरो नाम राखिदिएछन्
मलाई थाहै थिएन
कसैले मेरो गालामा चुम्मा खाँदै
तेरो डेडी म हुँ भने
कसैले कपाल मुसार्दै
तेरो मम्मी म हुँ भने
म नजन्मँदै मेरो भाषा ठिक्क भएर बसेको रहेछ
मेरो जात
मेरो धर्म
मेरो रिवाज
मेरो बंश
मेरा नरनाताहरू
मेरो गाउँ ठाउँ
मेरो देश मेरो राष्ट्रियता
मैले थाहै नपाइ मेरो चिनारीमा पसेको रहेछ ।

म यो पृथ्वीको बासिन्दा
तर मलाई स्वतन्त्र पृथ्वी घुम्ने अनुमति छैन
एउटा चरा जति पनि छैन म
जो साइबेरियाबाट गोवासम्म स्वतन्त्र बिचरण गर्नसक्छ
चराले चरालाई कहिले छेक्दैन
तर मान्छेले मान्छेलाई किन छेक्छ थाहा छैन ।

कसले किन यी देशहरू बनायो ?
कसले किन यता तेरो यता मेरो भन्दै भागबण्डा लायो ?
एउटा आली यता उता सार्न
किन हजारौं निर्दोषको रगत बगायो ?
भूगोलमा नदेखिने
तर
मानचित्रमा राता रगतका सीमा रेखाहरू किन बनायो ?
पृथ्वी सबैको साझा घर होइन ?
सबैले स्वतन्त्र घुम्ने स्वतन्त्रता किन छैन ?
मैले थाहै नपाइ यो सब भैरहेछ ।

मलाई कसैले ए नेपाली भनेर गाली गर्छ
चुचे भन्छ
हिन्दू भन्छ
दलित भन्छ
यी सब मेरो चाहनाले बनाएको होइन
म एसियन हुनुमा मेरो कुनै भूमिका छैन
मैले थाहै नपाइ यी सब भैरहेछन्
तर पनि तिनीहरू मलाई गाली गर्छन्
फलानु नस्लको भनेर दागा धर्छन्

आज मलाई बूढो हुन पनि इच्छा छैन
तन्नेरी तरुनीहरू
मलाई घोची घोची बाबै भन्छन्
भित्रैदेखि हुँडलिएर आउँछ

भन्छु
ए ! के बूढो बूढो भन्छस् ?
चाख्लास् ! तँलाई पनि बूढो भनेको दिन
तँलाई पनि बाबै भनेको दिन
भित्र मन कसरी कटक्क खाँदोरहेछ
थाहै नपाइ आँखा कसरी रसाएर जाँदोरहेछ
ए !! के बूढो बूढो भन्छस् ?

गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
0
Would love your thoughts, please comment.x
()
x