सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

खाइजात्रे कुड्का

राजनीतिमा पसेपछि, पैसोको जोहो गर्न, ‘धर्म अफिम’ हो भन्दै ‘होली वाईन’ खान्छन् । अनि राजनीतिमा जब जब संकट पर्छ, क्रान्तिकारीहरू बकुल्ला भक्ति देखाउन श्रीखण्डको तिलक लगाउन पशुपति जान्छन् ।

Nepal Telecom ad

१.मालिक !?

उमेरले अठार पुग्नुपर्छ, पुगेपछि
मेरो देशमा त्यो बालिग बन्छ ।
नेता हुनुपर्छ कुलाङ्गार नै होस्,
देशमा उसको सालिक बन्छ ।
नपत्याए आऊ हेर हाम्रो देश,
जो भ्रष्ट छ, भ्रष्टाचार गर्छ ।
उही देशको मालिक बन्छ ।

२. समृद्धि !?

जस्तोसुकै तन्त्र र मन्त्र आए पनि
जय जयकार गाउनेलाई खाटी भयो ।
गफै चुटेर सम्पन्नता भेट्टाउनेहरूलाई
गफै पनि कति कति जाति भयो ।
तर गणतन्त्रमा मच्चिएको लुटतन्त्रले
भएको गणतन्त्र पनि आत्मघाती भयो ।

३. पशुपतिको जात्रा !?

हाम्रा गणतन्त्रे नेताहरू,
आपूmलाई क्रान्तिकारी जनाउन
जवानीमा नूनको ढिको चाटेर ठर्रा तान्छन् ।
राजनीतिमा पसेपछि, पैसोको जोहो गर्न,
‘धर्म अफिम’ हो भन्दै ‘होली वाईन’ खान्छन् ।
अनि राजनीतिमा जब जब संकट पर्छ,
क्रान्तिकारीहरू बकुल्ला भक्ति देखाउन
श्रीखण्डको तिलक लगाउन पशुपति जान्छन् ।

000

पोखरा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सम्धी पुराण

सम्धी पुराण

घनश्याम रेग्मी
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जुत्ता

जुत्ता

ठाकुर बेलबासे