साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाइजात्रे कुड्का

राजनीतिमा पसेपछि, पैसोको जोहो गर्न, ‘धर्म अफिम’ हो भन्दै ‘होली वाईन’ खान्छन् । अनि राजनीतिमा जब जब संकट पर्छ, क्रान्तिकारीहरू बकुल्ला भक्ति देखाउन श्रीखण्डको तिलक लगाउन पशुपति जान्छन् ।

Nepal Telecom ad

१.मालिक !?

उमेरले अठार पुग्नुपर्छ, पुगेपछि
मेरो देशमा त्यो बालिग बन्छ ।
नेता हुनुपर्छ कुलाङ्गार नै होस्,
देशमा उसको सालिक बन्छ ।
नपत्याए आऊ हेर हाम्रो देश,
जो भ्रष्ट छ, भ्रष्टाचार गर्छ ।
उही देशको मालिक बन्छ ।

२. समृद्धि !?

जस्तोसुकै तन्त्र र मन्त्र आए पनि
जय जयकार गाउनेलाई खाटी भयो ।
गफै चुटेर सम्पन्नता भेट्टाउनेहरूलाई
गफै पनि कति कति जाति भयो ।
तर गणतन्त्रमा मच्चिएको लुटतन्त्रले
भएको गणतन्त्र पनि आत्मघाती भयो ।

३. पशुपतिको जात्रा !?

हाम्रा गणतन्त्रे नेताहरू,
आपूmलाई क्रान्तिकारी जनाउन
जवानीमा नूनको ढिको चाटेर ठर्रा तान्छन् ।
राजनीतिमा पसेपछि, पैसोको जोहो गर्न,
‘धर्म अफिम’ हो भन्दै ‘होली वाईन’ खान्छन् ।
अनि राजनीतिमा जब जब संकट पर्छ,
क्रान्तिकारीहरू बकुल्ला भक्ति देखाउन
श्रीखण्डको तिलक लगाउन पशुपति जान्छन् ।

000

पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x