साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोरुजात्रा

यो गोरुजात्रा कति वेर हेर्नु के लेखिराख्तै कति फेर केर्नु डण्डा बजाएर दुवै भगाऔं अर्का भला गोरु लिई लगाऔं ।

Nepal Telecom ad

प्राचीनपन्थी मति धारणाका
लोभी र पापी अति दुष्ट आँखा
खोस्ने र खाने पथका चनाखा
साँढेहरूका कति सुन्नु भाका ।।

मौका परे वाहन बन्न जान्छन्
स्वामी कसैको जिउ भार तान्छन्
निर्धा कुनै सामु परे पछार्छन्
खाना जहाँ मिल्दछ गै लतार्छन् ।।

होक्काँ कडा जोर छ मै हुँ भन्ने
अर्को तँ को हो र म पो हुँ भन्ने
छ एक बाच्छी म हुँ योग्य भन्छन्
परन्तु केही न त गर्न सक्छन् ।।

यौटा जुवा तान्न भनी जुटेका
नथ्थी छिनाई छलले छुटेका
यी गोरुले खेत न जोत्न सक्छन्
तानेर गाडा न त लान सक्छन् ।।

यो गोरुजात्रा कति वेर हेर्नु
के लेखिराख्तै कति फेर केर्नु
डण्डा बजाएर दुवै भगाऔं
अर्का भला गोरु लिई लगाऔं ।।

000

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
0
Would love your thoughts, please comment.x
()
x