सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गोरुजात्रा

यो गोरुजात्रा कति वेर हेर्नु के लेखिराख्तै कति फेर केर्नु डण्डा बजाएर दुवै भगाऔं अर्का भला गोरु लिई लगाऔं ।

Nepal Telecom ad

प्राचीनपन्थी मति धारणाका
लोभी र पापी अति दुष्ट आँखा
खोस्ने र खाने पथका चनाखा
साँढेहरूका कति सुन्नु भाका ।।

मौका परे वाहन बन्न जान्छन्
स्वामी कसैको जिउ भार तान्छन्
निर्धा कुनै सामु परे पछार्छन्
खाना जहाँ मिल्दछ गै लतार्छन् ।।

होक्काँ कडा जोर छ मै हुँ भन्ने
अर्को तँ को हो र म पो हुँ भन्ने
छ एक बाच्छी म हुँ योग्य भन्छन्
परन्तु केही न त गर्न सक्छन् ।।

यौटा जुवा तान्न भनी जुटेका
नथ्थी छिनाई छलले छुटेका
यी गोरुले खेत न जोत्न सक्छन्
तानेर गाडा न त लान सक्छन् ।।

यो गोरुजात्रा कति वेर हेर्नु
के लेखिराख्तै कति फेर केर्नु
डण्डा बजाएर दुवै भगाऔं
अर्का भला गोरु लिई लगाऔं ।।

000

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जो भेटे पनि यी झम्टिन्छन्

जो भेटे पनि यी...

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
जुठो हाड खाऊ

जुठो हाड खाऊ

रमेश खकुरेल
बिजुली पानी

बिजुली पानी

रमेश खकुरेल
म त भार भएँ

म त भार भएँ

रमेश खकुरेल
हाँसो र हाँसो दिवस !

हाँसो र हाँसो दिवस...

हाेमनाथ घिमिरे
जो भेटे पनि यी झम्टिन्छन्

जो भेटे पनि यी...

रमेश खकुरेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
धन महिमा

धन महिमा

सुशील रिजाल
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली