साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बस्ने भए

स्वाँठै स्वाँठहरू इँजार चुँडियोस् नाँचेर बस्ने भए अर्कामा कु-कुरी गरी कपुत यी हाँसेर बस्ने भए जो हो मान कमान शान घरको ठोकेर बस्ने भए पारी देश अचार हर्ष मनमा बोकेर बस्ने भए ।

Nepal Telecom ad

सत्ताको रस तप्प झर्दछ भने चाटेर बस्ने भए
सत्ता बाहिर बस्नु पर्दछ भने फाटेर बस्ने भए
सक्दैनन् हतियारले वचनले काटेर बस्ने भए
पालोमा पद बार-बार गफिँदै साटेर बस्ने भए ।।१।।

सत्तामा मतभिन्नता म त कता छानेर बस्ने भए
आफू बस्न नपाउँदा झगडिया हानेर बस्ने भए
आफू मात्र छु सत्यको प्रतिक झैँ ठानेर बस्ने भए
बाँकी हुन् सब झूटका तृण भनी मानेर बस्ने भए ।।२।।

आफ्नो चाह हुँदैन पूणर् यदि ता छेकेर बस्ने भए
अर्काको भर माथि चढ्दछु भनी टेकेर बस्ने भए
गर्ने काम तमाम गर्न नदिई रोकेर बस्ने भए
मात्रै भाषणमा समुन्नत भनी खोकेर बस्ने भए ।।३।।

पोलापोल गरेर गोप्य सबका खोलेर बस्ने भए
नौलो झोल बनाउँदै वचनका घोलेर बस्ने भए
सारा द्वार गरेर बन्द घरको ठेलेर बस्ने भए
स्वार्थी सङ्गतले सधैँ मुलुक यो पेलेर बस्ने भए ।।४।।

स्वाँठै स्वाँठहरू इँजार चुँडियोस् नाँचेर बस्ने भए
अर्कामा कु-कुरी गरी कपुत यी हाँसेर बस्ने भए
जो हो मान कमान शान घरको ठोकेर बस्ने भए
पारी देश अचार हर्ष मनमा बोकेर बस्ने भए ।।५।।

०००

मेनपा १३, झापा, हाल बेलायत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दुष्यन्त भट्टराई
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
0
Would love your thoughts, please comment.x
()
x