साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोट दिनोस् चुनावमा

बाकस साँट्न जानिन्छ सत्तामै छु चुनावमा गर्नेछु बुथ कब्जा नि को रोक्छ र समाजमा । विपक्षी हार्छ जो उठ्छ जित्ने मै हो चुनावमा थुपारेको दिए केही गुण्डा खट्दछ रातमा ।

Nepal Telecom ad

उम्मेद्वार भई उठ्छु भोट दिनोस् चुनावमा
फेरी भन्छु पुरानैले नभए किन्छु दाममा ।

अरुलाई हुँदैहुन्न नोट लिनोस् चुनावमा
दिने भए खुशी राजी भेट गर्दछु साँझमा ।

मतदाता नयाँ नौलो कोट किनोस् चुनावमा
पक्कै गर्छु लगानी म हाल्छन् बसेर लाममा ।

धेरै छन् साथमा मेरा चोट दिने चुनावमा
कार्यकर्ता खटाएर लाठी बजार्छु ढाडमा ।

बाकस साँट्न जानिन्छ सत्तामै छु चुनावमा
गर्नेछु बुथ कब्जा नि को रोक्छ र समाजमा ।

विपक्षी हार्छ जो उठ्छ जित्ने मै हो चुनावमा
थुपारेको दिए केही गुण्डा खट्दछ रातमा ।

समाउँछु गनाएका खुट्टा पक्री चुनावमा
चल्नेछन् दलकै राज स्वतन्त्र जान्छ भाँडमा ।

पालैपालो बस्यौं सत्ता फर्किनेछौं चुनावमा
फलाक्छौं गुलिया नारा माखो मारिन्न काममा ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x