साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाँडी

सानी छँदा काली ठूली हुँदा काली, खट्टे भुट्ने हाँडी ल्याइयो यसैपालि, कुना खोज्दै बस्छे अँध्यारामा खालि, यसै थिई काली झनै भई काली ।

Nepal Telecom ad

पहिले पनि काली अहिले पनि काली
मकै भुट्ने हाँडी ल्याइयो यसैपालि

चक्र घुमाएर माटो राखेपछि
गिलो-गिलो बन्यो पानी चाखेपछि
कुमालेले जब यसमा सीप दियो
गोलो आरीजस्तै आकार पनि लियो

काँचो हुँदा काली पाक्दा पनि काली
भट्ट भुट्ने हाँडी ल्याइयो यसैपालि

भट्टीबाट निस्की अगेनामा आई
धुवाँमुस्ले आगो खानुसम्म खाई
रातो-रातो जिउ तातो हुँदै गयो
हेर्दाहेर्दै रङ्ग फेरि कालो भयो

सानी छँदा काली ठूली हुँदा काली
खट्टे भुट्ने हाँडी ल्याइयो यसैपालि

कुना खोज्दै बस्छे अँध्यारामा खालि
यसै थिई काली झनै भई काली ।

०००
भोर्लेटार, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भ्रममार्ग

भ्रममार्ग

रमेशचन्द्र घिमिरे
अप्रिल फर्स्ट

अप्रिल फर्स्ट

रमेशचन्द्र घिमिरे
देखासिकी

देखासिकी

रमेशचन्द्र घिमिरे
गुलियो माया

गुलियो माया

रमेशचन्द्र घिमिरे
राधा पियारी

राधा पियारी

रमेशचन्द्र घिमिरे
विश्व सुन्दरी

विश्व सुन्दरी

रमेशचन्द्र घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x