साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उदयपुरमा ‘यात्रामा सिर्जना’ अभियान

यात्रामा सिर्जना अन्तर्गत कविता वाचन तथा उत्प्रेरणा कार्यक्रम त्रियुगा जनता बहुमुखी क्याम्पस तथा रामजानकी माध्यमिक विद्यालय र बालमन्दिर माध्यमिक विद्यालयमा सम्पन्न  ।

Nepal Telecom ad

गाईघाट, भाद्र २१, २०७९ । यात्रामा सिर्जना अन्तर्गत गाईघाटमा कविता वाचन तथा उत्प्रेरणा कार्यक्रम त्रियुगा जनता बहुमुखी क्याम्पस तथा रामजानकी माध्यमिक विद्यालय र बालमन्दिर माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।

नाट्यकर्मी एवम् कवि भरत गुरागाई बर्बरिक र प्रिन्स प्रमोद ढकाल अभियन्ताका रूपमा रहेको सो कार्यक्रममा स्थानीय कविहरू समेतको उपस्थिति रहेको थियो ।

शुरुमा बिहान साढे सात बजे राम जानकी मा.वि.मोतिगडाबाट शुरु भएको यात्रा बालमन्दिर मा.वि बोक्से र त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा रथना वाचनपछि समापन भएको थियो । सिर्जना अभियानमा विशेष गरी भरत गुरागाई बर्बरिक र प्रमोद ढकालले आआफ्ना कविता, गीत, गजल गायन गरेका थिए । स्थानीय कविहरू राममणि पोखरेल, पुण्य कार्की, चन्द्रनारायण चौधरी, उद्धव घिमिरे, सरिता पौडेल गुरागाई, खिला घिमिरे, शारदाप्रसाद भट्टराई, कीर्ति बहादुर खड्का, हिमालय पौडेल, जीवन आरोही, श्यामप्रसाद ढुङ्गाना र माधव पोखरेल गोज्याङ्ग्रे लगायतकाले आआफ्ना रचना वाचन गरेका थिए ।

क्याम्पस प्रमुख रमेशचन्द्र रोका, बालमन्दिर मा.वि.का प्रधानाध्यापक जङ्गबहादुर खड्का, शिक्षक ङघराज राउत, रामजानकी मा.वि.का प्रधानाध्यापक पुण्य कार्की लगायतकाले यात्रामा सिर्जना कार्यक्रमका बारेमा बोल्नु भएको थियो । विद्यालय र कलेजका विद्यार्थीहरूलाई कविता लेख्न उत्प्रेरणा जगाउने उद्देश्यले आयोजना गरिएको यात्रामा सिर्जना कार्यक्रममा खास गरी हामीले हाम्रा बा आमालाई माया दिनु पर्छ सम्मान गर्नु पर्छ र हाम्रो पुरानो संस्कार बिर्सन नहुने कुरामा जोड दियएको थियो । हामीले घरमा बा आमा भन्न छाडेको र डेडी ममीले नेपाली संस्कार नै हराउँदै गएकोमा चिन्ता व्यक्त गरिएको थियो ।

उदयपुरको गाईघाटका स्कूल कलेज गरी पाँच वटा शैक्षिक संस्थामा यो अभियान संचालन गर्ने योजना अनुरुप मंगलबार तीन शैक्षिक संस्थामा कार्यक्रम भएको र बुधबार गाईघाट स्थित बरुवा क्याम्पस र त्रियुगा जनता माध्यमिक विद्यालयमा कार्यक्रम गर्ने योजना रहेको अभियन्ता भरत गुरागाई बर्बरिकले बताउनु भयो ।

०००
-माधव पोख्रेल ‘गोज्याङ्ग्रे’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x