साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीतो सत्य

आफू सम्पन्न भएपछि कुम्भकर्ण निन्द्रामा सुतेका छन् हाम्रा सपनाका व्यापारीहरू अझै पनि हामीलाई उधारो सपना बाँड्न गाउँ वस्तीमा आउँदै छन् ।

Nepal Telecom ad

अब यो देशलाई
हर्क साम्पाङ र बालेन शाहहरूको खाँचो छ ।

खाँचो छ सत्य बोल्नेहरूको
खाँचो छ राम्रो काम गर्नेहरूको
खाँचो छ ढुङ्गा पल्टाउनेहरूको
खाँचो छ डोजर चलाउनेहरूको
यो देशको छानो चुहिएको धेरै भयो
खाँचो छ छानो टाल्नेहरूको
सँधियारले माटो चोरेकोचोर्यै छन्
खाँचो छ माटो जोगाउनेहरूको ।

हाम्रो विश्वासलाई जितेर
थुप्रै मान्छेहरू माथि गए
हाम्रो सपनालाई बन्धकी राखेर
थुप्रै सुदखोरहरू राजधानी छिरे
हामी जहाँकोतहीँ रह्यौँ
हामी भुईँकोभुईँमै रह्यौँ
तर हामी बन्धनबाट कहिल्यै मुक्त हुन सकेनौँ
हामी फोहरबाट कहिल्यै बाहिर निस्कन सकेनौँ ।

यो देश हुने र नहुनेमा बाँडिएको छ
यो देश थोरै उज्यालो र धेरै अँध्यारोमा भाँडिएको छ
सप्पैलाई सम्पन्न बनाउन गएकाहरू
आफू सम्पन्न भएपछि कुम्भकर्ण निन्द्रामा सुतेका छन्
हाम्रा सपनाका व्यापारीहरू
अझै पनि हामीलाई उधारो सपना बाँड्न गाउँ वस्तीमा आउँदै छन् ।

सिङ्गै देश असङ्ख्य-असङ्ख्य
हर्क साम्पाङहरूको प्रतीक्षामा छ
तीन सय लाख जनताहरू
बालेन शाहहरूको स्वागतमा लामबद्ध छन् ।

०००
२०७९ भदौ १८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x