साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झापामा बारीको मजेदारी

यतिकैमा कन्डक्टर चिच्यायो धेरै सुनियो तपाइँको ‘झापा’- बारी ओर्लनुस् आयो ‘मोरंग’को ‘बेलबारी’ नत्र फेरि पुर्‍याइदिउँला सोझै ‘सुनसरी’को ‘भण्टाबारी’ ।

Nepal Telecom ad

‘धुलाबारी’बाट बसमा चढेको
छेउको यात्रीलाई
मैले जब सोधें परिचय ?
धाराप्रवाह बोल्न थाल्यो,

बुबा जन्मेको ‘होक्लाबारी’,
आमा जन्मेकी ‘गेडाबारी’,
छोरा जन्मेको ‘जामबारी’,
छोरी जन्मेकी ‘सिमलबारी’,
श्रीमती जन्मेकी ‘भैंसाबारी’
ससुरा जन्मेको ‘तुलसीबारी’

म जन्मेको ‘केराबारी’
हुर्केको ‘जामुनबारी’
स्कूल पढेको ‘हल्दिबारी’
ससुराली ‘आयाबारी’
वाणिज्य व्यवसाय ‘डाँगीबारी’

बिहान ‘करेसाबारी’
बेलुकी ‘फूलबारी’
कसैले तिर्न नमान्दा खाएको उधारी
घरखर्च टार्न लाउदै छु अब
‘लौका‘, ‘मुला’, तरकारीबारी

यतिकैमा कन्डक्टर चिच्यायो
धेरै सुनियो तपाइँको ‘झापा’- बारी
ओर्लनुस् आयो ‘मोरंग’को ‘बेलबारी’
नत्र फेरि पुर्‍याइदिउँला सोझै
‘सुनसरी’को ‘भण्टाबारी’ ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x