माणिकरत्न शाक्यतीन वटा खितखित
के भने नि पण्डित बाजे ! म पनि तपाईं जस्तै पण्डित हुँ, आफूकहाँको पूजा आफैले गर्न नमिलेर तपाईंलाई बोलाको हो क्या !

१.
मैले लेखेको कृति विक्रीबाट प्राप्त हुने रकम मिर्गौलाका विरामीहरूको उपचारमा सहयोगी हुनेछ भन्ने उदेश्यका लागि केही लेखी दिन मैले एउटा चर्चित पत्रिकाका पत्रकार साथीसँग सहयोग मागेको थिए । तर उनले मेरो कुरालाई सधै नै नकारे ।
एकदिन मसँगको भेटमा साथीले मुखै फोडेर भने- नाम चलेको एउटा रेष्टुरेन्टमा लगेर टन्न ख्याउनुस् न ! भोलि तपाईंको नाम भँगेरे अक्षरमा पत्रिका भरि आए पुगेन !
साथीको कुरा सुनेर म त ट्वाँ परेँ ।
२.
पण्डित बाजे भोलिपल्ट सत्यनारायण पूजाको निम्ति डिट्ठाको घरमा बिहानै पुगे । पूजाको सरसामानहरू सबै तयारै थिए । तर पण्डित बाजेको मन भने पैसो कति पाइने हो भनेर चारैतिर आँखा कुदाउँदै थिए । तर पैसो कहिँ पनि नदेखेर जिल्ल परिरहेका थिए । पण्डित बाजे जिल्ल परेको देखेर पूजाका निम्ति अगाडि बसेका बाठा डिट्ठा साहेबले आफ्नो कुरा यसरी खुलासा गर्दै भने-
के भने नि पण्डित बाजे ! म पनि तपाईं जस्तै पण्डित हुँ, आफूकहाँको पूजा आफैले गर्न नमिलेर तपाईंलाई बोलाको हो क्या !
३.
बिहानको हाजिरी बजाउँदै म आफ्नो कार्यस्थलतिर लाग्दै गर्दा साथी राधाकृष्णले तपाईंलाई सरले माथि बोलाउनु भएको छ भने । सरलाई भेट्दै भने- मलाई बोलाउनु भएको रहेछ, केही थियो कि सर ! मेरो कुरा सुन्ने बित्तिकै सर त मज्जाले हाँस्नुभयो र भन्नभयो-
राधाकृष्णले मलाई भेट्न जानु भनेर आएका तपाईं सहित पाँचजना भैसके । कुरो बुझ्या भए मार्दिनु !
म त्यहीँ भएको बेला राधाकृष्ण सरकहाँ टुप्लुक्क देखा परेपछि अनाहकमा दु;ख दिएको सम्झेर रिसले मुख छोड्नै लाग्दा ऊ आफैले पोल खोल्दै भन्यो- आज त हुस्सु दिवस ! त्यही भएर मैले त तपाईहरूलाई हुस्सु बनाए है !
हामी सबै जिल्ल !
०००
सरस्वतीनगर, चावहिल
Subscribe
Login
0 Comments
Oldest





































