साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे

चुनावमा उठ्छ ल धुन्धुकारी । हुँदैछ दङ्गा रमिता छ भारी । लिए रमाएर मिठो सुपारी । बने विदेशी प्रभुको पुजारी ।

Nepal Telecom ad

बनेछ मान्छे गफको भकारी ।
बनेन उम्दा मनको विचारी ।।
बनेछ मान्छे चतुरो सिकारी ।
मिलेछ भत्ता निमुखा निचोरी ।।-१

रमेछ मान्छे समता बिगारी ।
बने यहाँका जनता भिखारी ।।
भए यहाँका अगुवा अघोरी ।
दिऊन् निया दण्ड उनै मुरारी ।।-२

दयालु हुन्छन् वनिता कुमारी ।
विषालु मान्छे खुब छन् जलारी ।।
गरे उँचो बात बने हिलारी।
मिलेछ सत्ता जनता पुछारी ।।-३

सिपालु हुन्छन् घरका पियारी ।
नशालु बन्छन् पदका भिखारी ।।
मिलेन सत्ता अनि जान्छ पारि ।
चल्यो मजाको झगडा जुहारी ।।-४

चुनावमा उठ्छ ल धुन्धुकारी ।
हुँदैछ दङ्गा रमिता छ भारी ।।
लिए रमाएर मिठो सुपारी ।
बने विदेशी प्रभुको पुजारी ।।-५

०००
२०७९/०७/०१
वि.न.पा.-४, बट्टार, नुवाकोट
बालाजु, काठमाडौं
मोबाइल नं. ९८४१७५८१८४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x