साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहर !?

तर म रुवाईको पानी पोख्न सिंहदरबार वरिपरि घुमें भित्ताहरू पो मूर्दावादको प्रतिध्वनि फर्काएर हलल्ल हाँस्दारहेछन् शहर पनि आफ्नु हुँदोरहेनछ ।

Nepal Telecom ad

माझ शहरमा उभिएर
जिन्दावाद भनें
भित्ताहरू त
मूर्दावादको प्रतिध्वनि फर्काएर
हलल्ल हाँस्दारहेछन
शहर त आफ्नु हुँदोरहेनछ ।

बडा त भन्थे
माथि हिमाल भब्य देखेर
हिमालमा नजानु है कान्छा !
कक्र्याक कुक्रुक पार्छ
शहर पनि पो त्यस्तै हुँदो रै छ
जहाँ सम्वेदना सकिएकाहरूको भीडले
लथ्र्याक लुथ्रुक बनाएको छ
हिजो इमोसनमा बिताएको रातको गन्धले
पुरै शहर गनाएको छ ।

आठानाको भटमासमा
जिन्दगी चलाउँन खोज्दा
पेट हुँडलिएर
गुजारानै अस्तब्यस्त बनेको बर्तमान छ
फाटेको पनि कहाँ लाउँन पाइन्छ र आज भोलि
जो हुनेखानेले खोसिसके
विश्वासको सिरानी लगाएर
सञ्चले कहाँ निदाउँन पाइन्छ र आज भोलि
कुण्ठाका झिंजाहरूमा प्रतिशोधको आगो झोसिसके
हिजो अर्काको भुँडीको आरिस गर्नेहरू
आज आफ्नै भुँडीसँग तर्सँदैछन्
हिजो सामन्तको ढिकुटी फोर्न बढेका दृढ पिंडौंलाहरू
आज आफ्नै घरको भर्‍याङमा गलेर फर्कँदैछन्
गाउँ पनि कसरी फर्कनु र छोडेपछि
बगीजाने खोलाको लागि किनारा रुँदोरहेनछ
शहर पनि आफ्नु हुँदोरहेनछ ।

न शहर आफ्नु भयो
न गाउँ फर्कन नै सकियो
ऊ पो चन्द्रयानको असफलतामा
आफ्नु प्रधानमन्त्रीसँग डाँको छोडेर रोयो
तर म
रुवाईको पानी पोख्न
सिंहदरबार वरिपरि घुमें
भित्ताहरू पो मूर्दावादको प्रतिध्वनि फर्काएर
हलल्ल हाँस्दारहेछन्
शहर पनि आफ्नु हुँदोरहेनछ ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x