साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धनवाद, डनवाद र जनवाद

नौटंकीको यो रंगशालामा गरिबको दुब्लो खल्तीबाट सुको समेत टक्टक्याएर निकाल्न सिपालु धनाढ्यलाई आफ्नै भँडारको चाउचाउ र रौसीको पाउच छरेर चुनाउ जित्न त के कठिन होला र !

Nepal Telecom ad

हिजो साँझ व्यापारी उम्मेदवारको सिया गफमा रल्लिँदा रल्लिँदै झल्लिएर आधारातमा लुसुक्क घर छिरेर भुसुक्क निदाएको कुथुर्के काइलो नानीमैयाको चियाभट्टीको खैलावैलाले झल्याँस्स भएँ । बेला चुनावको मौका कमाउ कमाउ खालको, कमाइ नभए पनि रमाइरमाइ बेल्काको लागि बिजुलीपानीको राम्रो प्रबन्ध हुने पक्का नै भएकोले काइ उम्रेको सिलाबरे लोटाको बासी पानी मुखमा हालेर चोर औँलाले मुख हुँडल्दै लागेँ म पनि हल्ला चोकतिर ।

वातावरण शानदार थियो एकातर्फ डनबहादुरहरू गोला, बारुद, ट्याङ्क र क्षेप्यास्त्र लिएर बसेका थिए र भन्दै थिए अबको युग भनेको हाम्रो युग हो, युवाको युग हो । युवाको निमित्त हतियारको आवश्यकता छ तसर्थ हामी हतियारको आयात गरेर हाम्रो डनवादको स्थापना गर्नेछौं । हुन त हाम्रो नेताले चाहेको खण्डमा निर्विरोध प्रधानमन्त्री बन्नुहुनेछ तर हामी प्रजातान्त्रिक मान्छे भएकोले प्रदेश वा क्षेत्रतिर मात्रै निर्विरोध बनाउने छौँ तर तपाईंहरू डराउन पर्दैन हामी आवाज नउठाउनेलाइ केही गर्दैनौं बोल्नेलाई बोल्न लायक छोड्दैनौं ! हामी हाम्रा ब्रोहरूलाइ जी, सिसी, लगायत मालहरू उपलब्ध गराउँदै देशलाइ विकासको बाटोमा डोर्‍याउने छौँ ! हामीलाइ प्रेमपूर्वक भोट दिनुहोला नत्र.. ! उसको नत्र र राताराता आँखा आक्रमणको लागि तयार ब्वाँसोका जस्तै थिए ।

अर्को कुनामा रातो झण्डा टाँगेर कराउने एक हुल जमात टाइसुटमा सजिएर कालो चस्मा लगाएर सर्वहारा मुक्तिको कुरा गर्दै थियो सायद नेता थियो होला ऊ स्टालिनको जस्तो जुँगा थियो तर कुम उचाल्दै बोल्ने, उखान मात्रै गर्ने मने मने भन्ने तर आफ्नाका लागि महल बनाएर सर्वहाराको परिवार सकाउँदै मुक्ति भाषा उराल्दै थियो ऊ । ध्वंस पछि सृष्टिको कुरा गर्न छोडेको थिएन उसले । दायाँबायाँ उसैको भनाइ अनुसारका सामन्तका दलाललाई राखेर सत्ताको भर्‍याङ चढ्न खोज्ने छेपारे गलगाँडको नाइके हजारौं मुसा खाएर तीर्थ गर्न जाने कुरा गरेको जस्तो लाग्दै थियो । विकासको र मुक्तिको सबै तुक्का सकिएका देब्रेहरूलाई नाराको अनिकाल परेर अनुवादित नारा लगाएको पनि सुनियो । नेपथ्यमा पाक्दै गरेका जनावर र खोलिदै गरेका मदिराका घ्याम्पाबाट निस्केको रागले मलाई ढाल्न खोजेकोले लागें म अर्कै कुनातिर ।

किसानको घरमा हल गोरुको कल्पना गर्ने समाजवादी र प्रजातन्त्रको लबेदा ओढेको दलको धुन्दुकारी नेता हिजोआज ५ रुप्पेको पिठोलाइ २५ मा बेचेर अरबपति बनेका चौधरीलाइ वास्तविक चौधरी गाउँमा लगेर खाना खुवाउँदै छ । नौटंकीको यो रंगशालामा गरिबको दुब्लो खल्तीबाट सुको समेत टक्टक्याएर निकाल्न सिपालु धनाढ्यलाई आफ्नै भँडारको चाउचाउ र रौसीको पाउच छरेर चुनाउ जित्न त के कठिन होला र !

आजको यो जनवादी प्रयोगशालामा एक चौटा र एक तुर्कोको लागि आँ गरेर बसेका सम्चारदाताहरू जनवाद समाजवाद र पँुजीवादको अवसरवादी खिचडी बनाएर अनलाइनको भर्‍याङ चडेर धनलाइनतर्फ जाँदै छन् । हिजो सियाले छोडेर हो कि यथार्थको सिरेटोले घोचेर हो मेरो मन कटक्क काट्यो अनि मन अमिलो पारेर हानिएँ घरतिर ।

०००
नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x