साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो तिरस्कार छ

कुण्ठा पाल्छ कतै लुकेर हरूवा उल्का कुलङ्गार छ, धर्ती शुध्द रहेन यो मुलुकको डाँको धुवाँधार छ, घुर्कीको खलियो चुनाव भनियो मेरो तिरस्कार छ ।

Nepal Telecom ad

गर्छन् मानव तामझाम छलका दङ्गा सबिस्तार छ
बाँड्दै नोट हजार जोडबलले चित्कार चित्कार छ
हाल्छन् भोट कुकर्म प्रष्ट छलले नाङ्गो कलाकार छ
फोश्रो नाटक जो चुनाव भनियो मेरो तिरस्कार छ । १

लाखौलाख डुबे रसान्न तलमा बोक्रो परिष्कार छ
खोलो बग्छ जहाँ छ टन्न मदिरा खोक्रो कुसंस्कार छ
नाफाखोर बडो चुनिन्छ सहसा दुष्कर्म आचार छ
घातै घात जहाँ चुनाव भनियो मेरो तिरस्कार छ । २

बासी यी अनुहार छन् कुलतका भारी अहङ्कार छ
ताजा खै जन होनहार मनका छिः छिः र दुत्कार छ
रातारात गयो हकार्न मुखिया गाली बलात्कार छ
साक्षी बस्नु छ के चुनाव भनियो मेरो बहिष्कार छ ।३

लाछीका सपना नराधम सरी जात्रा र हुङ्कार छ
लुट्ने हो जसरी म लुट्छु ढिकुटी सौजन्य साकार छ
बन्दैछौ र धनी समग्र करले हाँसो चमत्कार छ
बौलाहा धनको चुनाव भनियो मेरो तिरस्कार छ ।४

सत्तामा सहकार्य हुन्छ सबको धिक्कार धिक्कार छ
सित्तैमा धनधान्य दिन्छ उसले के को सरोकार छ
अर्काको सहयोगले मुलुक यो डुब्दै अहोरात्र छ
उक्रासो किन हो चुनाव भनियो मेरो तिरस्कार छ । ५

लोप्पा खानु सधैं छ नोकर सरी के यो सदाचार छ
हप्कायो बलियो भयौं थरहरी भन्ने समाचार छ
कुण्ठा पाल्छ कतै लुकेर हरूवा उल्का कुलङ्गार छ
आमा घातकको चुनाव भनियो मेरो तिरस्कार छ । ६

दाम्लोमा बँधुवा बने सरहको निर्धो नमस्कार छ
काम्लोमा चँदुवा मुकाम परको उल्टो दुराचार छ
धर्ती शुध्द रहेन यो मुलुकको डाँको धुवाँधार छ
घुर्कीको खलियो चुनाव भनियो मेरो तिरस्कार छ । ७

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x