साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश हाँक्ने कानुन

चुनाव जितेर साँवा व्याज असुल्ने उमेदवारहरू अन्त्यमा यी र यस्तै मिल्छन् मित्रहरू र निर्बाध बनाउँछन् देश चलाउने कानुनहरू !

Nepal Telecom ad

बिउ मासेर गौरव गर्छन् किसानहरू
स्वार्थपूर्तिमा पुरुषार्थ देख्छन् नेताहरू
हात थापेर जिउ पाल्छन् कर्मचारीहरू
छलकपटमा रमाउँछन् व्यापारीहरू
कर्तव्य बिर्सेर उत्तरदायी बन्छन् अभिभावकहरू
यातना दिएर योग्य कहलिन्छन् शिक्षकहरू

ज्यालादारीमा चुनाव प्रचार गर्छन् कार्यकर्ताहरू
भरिएको खल्ती खोज्छन् स्वास्थ्यकर्मीहरू
धमिलोमा माछा मार्छन् वकिलहरू
भ्रमको खेती लाउँछन् पत्रकारहरू
घडेरी बेच्छन् सुकुम्बासीहरू
बोलपत्र खोल्छन् निर्माण व्यावसायीहरू
विलास बाँचेर आदर्श बाँड्छन् शासकहरू

सिकार गरेर अहिंसाको गीता गाउँछन् पुजारीहरू
आफन्तलाई जागिर दिन्छन् समाजसेवीहरू
पुरस्कार साट्छन् साहित्यकारहरू
अरुको धन खेलाउँछन् बैंकरहरू
शब्दखेल खेल्छन् सङ्गीतकारहरू
चाकरी माग्छन् सेवाप्रदाय दाताहरू
नैतिक शिक्षा पढाउँछन् भ्रष्टाचारीहरू

चुनाव जितेर साँवा व्याज असुल्ने उमेदवारहरू
अन्त्यमा यी र यस्तै मिल्छन् मित्रहरू र
निर्बाध बनाउँछन् देश चलाउने कानुनहरू !!

०००
पर्वत, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x