साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुकुम्बासीको रोदन

हामी सारा सुकुम्बासी, साँझ होटल जानु छ मद्य मांससँगै पिज्जा, मः मः बर्गर खानु छ हामी जस्तोसुकै होऔँ, धनी होऔँ कि निर्धन को प्रशासक हो हाम्रो, हडप्ने सुख-साधन ?

Nepal Telecom ad

सुकुम्बासी भनी आफू, बीस वर्ष कटाइयो
पचासौं लाख खर्चेर, छोरा अन्त पठाइयो
कसैका तीन गाडी छन्, कसैका चार ट्याक्टर
कसैका पुत्र खाडी छन्, कसैका पुत्र डाक्टर ।।

हामी हौं दुःख पाएका, सुकुम्बासीहरू सब
गाउँ छाडेर आएका, हुकुम्बासीहरू सब
कसैका घर भाडा छन्, राजधानी बजारमा
कसैका कार छाडा छन् वाग्मतीको किनारमा ।।

हाम्रो अस्तित्वको गिन्ती, नगर्ने सरकार छ
वाग्मती सभ्यता निम्ति, हाम्रो के दरकार छ ?
राजधानी सबैको हो, हामी जान्नौँ कहीँ पनि
लखेटेर लखेटिन्नौँ, हाम्रो छानो यहीं छ नि !!

हामीलाई करोडौंको, घडेरी चाहियो अब
यत्रो वर्ष बिताएर, भन के पाइयो अब ?
खुकुरी बाँसले हामी, सीमा बार्न तयार छौँ
को आउँछौ यहाँ आओ, मर्न मार्न तयार छौँ ।।

आफ्नो डोजर दौडाई, हे सत्ता ! नसता अब
यो हाम्रो आँशुले पोल्ला, जाने हामी कता अब ?
भत्काइयो भने छाना, आँधी तूफान ल्याउँछौँ
नमानेदेखि हे सत्ता ! तेरो अस्तित्व भ्याउँछौँ ।।

हामी सारा सुकुम्बासी, साँझ होटल जानु छ
मद्य मांससँगै पिज्जा, मः मः बर्गर खानु छ
हामी जस्तोसुकै होऔँ, धनी होऔँ कि निर्धन
को प्रशासक हो हाम्रो, हडप्ने सुख-साधन ?

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहिले सम्म हो हुने ?

कहिले सम्म हो हुने...

कृष्णशरण उपाध्याय पाैडेल
हुन् बाबु आमा भगवान् समान

हुन् बाबु आमा भगवान्...

कृष्णशरण उपाध्याय पाैडेल
गधा

गधा

कृष्णशरण उपाध्याय पाैडेल
चम्चा हुनू केवल

चम्चा हुनू केवल

कृष्णशरण उपाध्याय पाैडेल
त्यो देश को नाम के ?

त्यो देश को नाम...

कृष्णशरण उपाध्याय पाैडेल
आँखै निकाल्नू अब

आँखै निकाल्नू अब

कृष्णशरण उपाध्याय पाैडेल
0
Would love your thoughts, please comment.x
()
x