साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हजब्याण्ड

समग्रमा भन्नुपर्दा पति-पत्नी अर्थात् वाइफ-हजब्याण्डबीच भ्रष्टाचार र कर्मचारी जत्तिकै अन्योन्याश्रित सम्बन्ध रहेको छ । त्यसो त वाइफबाट वाइफाइ बन्यो भन्नेहरू पनि निस्किएलान् ।

Nepal Telecom ad

अमृत पिउने देव, विष पिउने महादेव भनेझैं पिउनु र जिउनुको बीचको पात्रचाहिँ पतिदेव हुन सक्ला । पतिदेव अब हजब्याण्डमा परिणत भैसक्यो ।

“दिदी, वाँ अङ्कलचाहिँ तपाईँको को नि ?”
“मेरो हस् व्यान ।”
अनी बल्ल सुरु भयो उसको पहिचान ‘हस् व्यान’ ।

भन्न त उसले “ओ सरी ! नमस्ते भिनाजु” भन्न पनि भ्याई । यतिञ्ज्याल बुढोचाहिँको होशहवास उडिसकेको थियो ।
केही हल्लाहरू भिनाजुचाहिँले सुनेकै हो । जस्तो बिहेपछि पतिको होसमा दबल (व्यान) लाग्ने भएकोले हस् व्यान भएको हो । बिहे गरेपछि अङ्कल हुनुपर्ला भनेर केटाहरू निकै होस पुर्‍याउन खोज्छन् । यसैले पनि होसमा व्यान लाग्ने भन्दाभन्दै हजब्याण्ड बनेको हुन सक्छ ।

भनिन्छ नि- जीवन जात्रा हो, शास्त्रमा लेख्नलाई छुट्या मात्र हो ।
यसरी हस् व्यानबाट हजब्याण्ड बनेको भन्ने किम्बदन्ती यतिले मात्रै पुग्दैन ।
खोज्दै जाने हो भने मंसिरे लगनमा रित्तै परेका ठिटाहरूबीच अर्को विश्वास पनि प्रचलित रहेको पाइन्छ- बिहेमा बेहुलाको तर्फबाट ब्याण्ड बाजा बज्छ, त्यसपछि जिन्दगीभर बेहुलीको तर्फबाट ब्याण्ड बजाइन्छ । बल्ल पति ‘हस्- ब्याण्ड’ मा परिणत हुन्छ । यो उक्ति पनि न्याय नपाए गोरखा जानु भनेजस्तै थोत्रै भैसक्यो ।

कसरी बन्यो हजब्याण्ड ? आउनोस् खोजी गरौं ।
पुरानो अंग्रेजीमा हसब्याण्ड भन्नाले मास्टर अफ हाउस अर्थात् नोकर चाकरको मालिक भन्ने हुँदो रहेछ । श्रीमती बिहे गरेपछि हजब्याण्ड हुन पाइने नियम कहिलेदेखि चल्यो कुन्नी । दासदेखि सतिप्रथासम्म हटिसकेको जुग बित्दा कसैलाई दास बनाउने कुरा पनि इतिहासै भैगयो । कतै त्यही चाल पाएर ‘हज्ब्यान्ड’ को पुरानो एन्ड्रोइड भर्सनलाई झैं अपडेट गरेर ‘हब्बी’ भन्न थालिएको त होइन ?

पहिले पहिले चन्द्रकान्त शर्माका बालाई पत्नीले फलानाका बा भनेर सम्बोधन गर्थिन् । शर्माजीलाई पत्नीले बूढा भन्न थालिन् । शर्माकी बुहारी पतिलाई हजब्यान्ड भन्छिन् । नातिनीबुहारी मिस्टर डेभिड शर्मा भन्छिन् । यही क्रमको सम्बोधन खिइँदै जाने हो भने के हालत होला ? जिल खान्छु ।

हजब्याण्डसँग एक्प्याण्ड र आइल्याण्ड जोडिएला कि के होला ! ब्रोडब्याण्ड र हजब्याण्डबीच पनि कुनै न कुनै वैध अवैध सम्बन्ध त होला क्यार । अहिले यी शङ्कामाथि व्यान गर्न चाहन्छु ।

नेपालमैं पनि कुनै समुदायमा केटी माग्न जाँदा केटाको धैर्यताको परीक्षणका लागि केटालाई बाँधेर सिस्नुपानी लगाउने चलन छ । यसरी होसहवास उड्नेगरी बाँध्ने कामले होश बान होश बान हुँदाहुँदै हजब्याण्ड बनेको हो कि भनेर अड्कल काट्न पनि सकिन्छ ।

पति र पत्नीबीच नङ-मासुझैं सम्बन्ध हुन्छ । बरु यसमाथि एउटा कविता राख्न सकिन्छः
यान त्यान
पति झोल हुँदा
पत्नी जुस क्यान
पति किताब हुँदा
पत्नी बोध ज्ञान ।

पति शान्ति भए
पत्नी योग ध्यान
पति अमलेट भए
पत्नी फ्राइ प्यान ।

पति समुद्र भए
पत्नी कोस्टव्यान
पति कुचो भए
पति डस्टप्यान ।

समग्रमा भन्नुपर्दा पति-पत्नी अर्थात् वाइफ-हजब्याण्डबीच भ्रष्टाचार र कर्मचारी जत्तिकै अन्योन्याश्रित सम्बन्ध रहेको छ । त्यसो त वाइफबाट वाइफाइ बन्यो भन्नेहरू पनि निस्किएलान् । कसै कसैले विदाउट इनफर्मेसन फाइटिङ एभ्रिटाइमकै संक्षिप्त रुप ‘वाइफ’ हो पनि भनेका छन् । त्यसबारे लेख्दै गरौंला ।

हजब्याण्डका प्रकारहरू बोत्तल हजब्याण्ड, शोकेश हजब्याण्ड, सुपर नेचुरल, को-हजब्याण्ड (सहायक पति) आदित्यादि बारे पछि नै लेखौंला । हाललाई यो आलेख हजब्याण्डहरूप्रति समर्पित गर्दछु ।

०००
हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x